भीनपा प्रमुख बोगटीको शिक्षकका जायज माग सम्बोधन गर्न सरकारसंग अनुरोध

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकाका नगर प्रमुख पदम बोगटीले आन्दोलनमा रहेका शिक्षकका जायज माग सम्बोधन गर्न सरकारसंग अनुरोध गर्नु भएको छ ।

एक विज्ञप्ती जारी गर्दै नेपाल सरकारलाई शिक्षक महासंघसँग विगतमा भएका सम्झौता अनुरुप जायज मागहरुलाई गम्भीरतापूर्वक विचार गरी शिघ्र प्रक्रियाद्वारा विद्यालय शिक्षा ऐन जारी गरी समस्या समाधान गर्नुहुन अनुरोध गरिएको हो ।

उक्त विज्ञप्तीमा “नेपाल सरकारले संघीय संसदमा पेश गरेको विद्यालय शिक्षा सम्बन्धि कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विद्यालय शिक्षा विधेयक, २०८० विचाराधीन रहेको जनाईएको छ” । विगतमा भएका सम्झौता समेतका आधारमा जायज माग सम्बोधन गरी यथाशिघ्र ऐन जारी गर्न दबाब दिनका लागी शिक्षक महासंघको अगुवाईमा २०८१ चैत्र २० गते देखि भइरहेको काठमाण्डौं केन्द्रित आन्दोलनका

कारण यस नगरपालिका भित्र रहेका तथा देशभरका विद्यालयहरुमा शैक्षिक सत्र २०८२ का भर्ना अभियान लगायत पठनपाठन, शैक्षिक सत्रको अन्त्यमा गर्नुपर्ने उत्तरपुस्तिका परीक्षण, नतिजा प्रकाशन, समीक्षा, विश्लेषण जस्ता कार्यहरु, वार्षिक कार्ययोजना निर्माण, विभिन्न विषयमा तालिम तथा कार्यशाला जस्ता महत्वपूर्ण कार्यहरु प्रभावित भएका छन् ।

उक्त विज्ञप्तीमा भनिएको छ, नेपालको संविधानले शिक्षा सम्बन्धि अधिकारलाई मौलिक हकको रूपमा प्रत्याभूत गरेको छ। शैक्षिक क्षेत्रलाई मर्यादित एवम् प्रतिष्ठित बनाउन आवश्यक ठानी नेपाल सरकारलाई शिक्षक महासंघसँग विगतमा भएका सम्झौता अनुरुप जायज

मागहरुलाई गम्भीरतापूर्वक विचार गरी शिघ्र प्रक्रियाद्वारा विद्यालय शिक्षा ऐन जारी गरी समस्या समाधान गर्नुहुन अनुरोध गर्दछु । शिक्षकहरूले उठाउँदै आएका जायज मागहरू यथोचित सम्बोधन गरी आन्दोलनका कार्यक्रम फिर्ता एवम् शैक्षिक गतिविधि सुचारू हुने बातावरण निर्माण गर्न नेपाल सरकार लगायतका सम्बन्धित निकायलाई हार्दिक अनुरोध छ ।

सम्बन्धित

Comments are closed.