महेन्द्रनगर । गायक पवन औजिको ‘देउराली भाकम्ला ’ बोलको सालैजो गीत सार्वजनिक भएको छ। पवन औजि र सोनिया परियारको आवाज रहेको उक्त गीत भिडियो सहित उनले आफ्नै युट्युब च्यानलबाट सार्वजनिक गरेका छन्।
गीतमा लय, शब्द र ऐरेन्ज हेमन्त शिशिरको रहेको छ । उक्त गीतमा प्रेममा परेको जोडी विचको सम्वादलाई गित मार्फत देखाउन खोजिएको गायक पवन औजी बताउँछन् ।
फुल फुल्यो रिमै बनैमा तिमी छौ मेरो मनैमा देउराली भाकम्ला जुनीभर तिमीलाई यो दिलमा राखम्ला भन्ने शबदहरु गितको प्रमुख आर्कषण रहेको छ ।
गितमा गायक पवन औजी र गायिका सोनिया परियारको अभिनय रहेको छ ।
Comments are closed.