महेन्द्रनगर । कञ्चनपुरको कृष्णपुर नगरपालिकामा बाल विकास, बाल समृद्धि र बाल सरोकारका विषयमा रेडियो संवाद कार्यक्रम नगर स्तरिय बाल कचहरी’ कार्यक्रम सम्पन्न गरिएको छ । शनिवार कृष्णपुर नगर पालिकाका बालबालिकाहरु र स्थानिय सरकार लगायत सरोकारवाला अन्य निकायहरुका पदाधिकारी तथा प्रतिनिधिहरु बिच कृष्णपुर नगरपालिकाको सभाहलमा सफलता पूवर्क सम्पन्न भएको हो ।
बालबालिका, समुदाय र सरोकारवालाहरु बिच जागरुकता, जिम्मेवारी र जवाफदेहिता अभिवृद्धि गर्न मुख्य उदेश्यमा संचालित सो रेडियो कार्यक्रम बाल कचहरीको सहजीकरण तथा उत्पादन रेडियो शुक्लाफाँटा एफ.एफ. ९९.४ मेघाहर्जबाट गरिएको थियो ।
नगरस्तरिय बाल संजालको व्यवस्थापन, कृष्णपुर नगरपालिकाको समन्वय तथा सहयोग र ल्ल्क्ध्ब् कञ्चनपुर र वल्र्डभिजन ईन्टरनेशनल नेपालको साँझेदारीमा कृष्णपुर नगरपालिकामा संचालित बाल संरक्षण तथा स्पोन्सरसीप कार्यक्रमको मुख्य आयोजनामा संचालन भएको सो रेडियो संवाद कार्यक्रम बाल कचहरी नगरस्तरिय बाल संजालका अध्यक्ष अशोक धामीको अध्यक्षतामा सम्पन्न भएको थियो ।
कार्यक्रममा सेवा प्रदायक निकाय (सरोकारवालाहरु) बाट प्रमुख आतिथिको रुपमा कृष्णपुर नगरपालिकाका नगर प्रमुख हेमराज ओझा, विशिष्ठ अतिथिमा नगर उपप्रमुख द्रोपदी राना लगायत अतिथिको रुपमा वडा अध्यक्षहरु, महिला बालबालिका शाखा, स्वास्थ्य शाखा, विद्यालय व्यवस्थापन, प्रहरी, खेलकुद विकास अध्यक्ष, वल्र्डभिजन इन्टरनेशनल नेपाल पश्चिम कार्यालयका प्रमुख तथा प्रतिनिधि, वल्र्ड भिजन जापानका प्रतिनिधि, NNSWA कृष्णपुर परियोजना कार्यालय कर्मचारीहरुको मुख्य उपस्थिति रहेको थियो ।
रेडियो शुक्लाफाँटाका स्टेशन म्यानजेर जय देव जोशीले सहजीकरण गर्नु भएको सो कार्यक्रमको औपचारिक उदघाटन पश्चात अगाडी बढेको सो कार्यक्रममा कृष्णपुर नगरपालिकाका सबै ९ वटै वडाबाट प्रतिनिधित्व गरेका बालबालिकाहरुले आफना सवाल, समस्या र जिज्ञशाहहरु सो कचहरी कार्यक्रममा सेवा प्रदायका तर्फ आसिन प्रमुख तथा प्रतिनिधिहरुलाई राखेका थिए ।
बालबालिकाकाहरुको धेरै जसो सवाल र जिज्ञशा नगर प्रमुखलाई नै थियो जहा वहाले सबै सवालहरु उपर आफ्नो प्रतिक्रिया र प्रतिवद्धता व्यक्त गर्नु भएको थियो । बालबालिकाहरुले शिक्षा सम्वन्धि धेरै सवालहरु उजागर गरेका थिए, जस्मा नगरपालिकाकाले भर्खरै घोषणा गरेको निति अनुसार सरकारी कर्मचारी, जनप्रतिनिधि र शिक्षकहरुले अनिवार्य रुपमा आफना सन्ततीहरुलाई सामुदायिक विद्यालयमा भर्ना गर्नु पर्ने विषयमा सहभागीहरुले यो निति किन, के का लागि र कसरी लागु हुन्छ भन्ने कुरा राखेका थिए ।
यसैगरि कक्षा ८ को वोर्ड परिक्षाको रिजल्ट प्रकाशनमा भएको त्रुटी, विद्यालयमा वितरण हुने छात्रवृतिमा असमानता, शिक्षाको सन्दर्भमा नगरपालिकाको योजनाका विषयमा पनि कुराहरु बालबालिकाले सवाल र जिज्ञाशाको रुपमा राखेका थिए ।
अर्को महत्वपूर्ण विषयको रुपमा बालबालिकाले कृष्णपुर नगरपालिका लागु पदार्थ दूव्र्यसनी बढदै गएको विषयमा नगरपालिकाकाले के कस्ता कदमहरु उठाएको छ, प्रहरीले कस्तो भूमिका निर्वाह गरेको छ भन्ने विषयमा पनि कुरा उठेको थियो । सामुदायिक विद्यालयमा वितरण हुदै आएको सेनेटरी प्याड पनि गुणस्तरिय नभएको विषय पनि बालबालिकाले उठान गरेका थिए ।
र त्यस बाहेक नगरपालिकाको वडामा रहेको स्वास्थ्य सेवाहरुमा औषधी वितरण कार्यालय सहयोगीबाट समेत भएको लगायत कृष्णपुर नगरपालिकाका खेलकुद मैदान र कर्वडहलको व्यवस्था नरहेको, र केटीहरुलाई खेलकुदमा प्रोत्साहन नगरेको जस्ता कयौ सवालहरु कचहरीमा मुख्य रुपमा आएका थिए, जहा सरोकारवालाको तर्फबाट स्पष्ठीकरण सहित कमजोरी रहेको ठाँउमा सुधार गर्ने गर्ने र बालबालिकाले उठाएका जायज मागहरुलाई आगामी दिनमा विशेष प्राथमिकता दिएर अगाडी कार्यान्वयनमा लैजाने प्रतिवद्धता आएको थियो ।
कार्यक्रमा कृष्णपुर नगरपालिकाको तर्फबाट बालबालिकाको क्षेत्रमा भएका कार्यहरु र आगामी योजनाहरुको छोटो विवरण महिला तथा बालबालिका शाखाका महिला विकास निरिक्षक चन्द्रा तिमेल्सीनाले गर्नु भएको थियो भने गैरसरकारी संस्थाको तर्फबाट NNSWA का कार्यक्रम संयोजक रामेश्वर जैरुले राख्नु भएको थियो ।
कार्यक्रमको अन्त्यमा कृष्णपुरका नगर प्रमुख हेमराज ओझाले बालबालिकाहरुले राखेको सवाल र जिज्ञाशा उपर आफनो धारणा प्रस्तुत गर्नु भएको थियो भने बालबालिकाको लागि नगरपालिकाले विशेष प्राथमिकमा राखेर काम गरिरहेको बताउनु भएको थियो । नगरपालिकाले शिक्षा तर्फ बर्षेनि ३० करोड बजेट खर्च गरेर काम गरिरहेको बताउनु हुदै आगामी दिनमा नगरपालिकाले बालभेला बाट आएका योजनाहरु आ.व. ०८२÷०८३ मा समेटिने पनि प्रतिवद्धता जाहेर गर्नु भयो ।
नगरस्तरिय अस्पताल, खेलकुद मैदान र खासगरि कृष्णपुर नगरपालिकाकलाई क्रमश वडा नं १ बाट हुदै भविष्यमा पालिकालाई नै बालमैत्री स्थायिन शासनयुक्त पालिका बनाउने कुरा पनि व्यक्त गर्नु भएको थियो । कार्यक्रममा नगर उपप्रमुखले खासगरि सेनेटरी प्याडमा बालबालिकाले उठाएको आवाज गम्भीर पूर्वक लिएको र त्यसको आवश्यक जाँच अनुगमन गरि सुधार तर्फ पहल गरिने बताउनु भयो ।
रेडियो संवाद कार्यक्रम औपचारिक समापन पश्चात सरोकारवाला निकायका पदाधिकारी, स्थानिय सरकार प्रमुख, उपप्रमुखहरु बालबालिकाले १० वुदे लिखित प्रतिवद्धतामा समेत हस्ताक्षर गराएका थिए । समग्रममा कार्यक्रम सभ्य, सभ्य तवरमा सम्पन्न भएको सहभागीहरु सबैको प्रतिक्रिया रहेको थियो ।
Comments are closed.