पत्रकार महासंघ सुदूरपश्चिमको घोषणापत्र सार्वजनिक

पत्रकार महासंघ सुदूरपश्चिमको घोषणापत्र सार्वजनिकमहेन्द्रनगर । नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशले घोषणापत्र सार्वजनिक गर्दै सुदूरपश्चिमका पत्रकारहरूका समस्या, चुनौती र समाधानका उपायहरू प्रस्तुत गरेको छ ।

शनिबार नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिका अध्यक्ष भरत बहादुर शाहको अध्यक्षतामा सम्पन्न बैठक तथा सातवटै जिल्लाका अध्यक्ष÷प्रतिनिधिहरूको संयुक्त भेलाले प्रेस स्वतन्त्रता र पत्रकार सुरक्षा सुनिश्चित गर्न विभिन्न ७ बुँदे घोषणापत्र जारी गरेको हो ।

घोषणापत्रमा पत्रकार सुरेश रजकको हत्या घटनाको छानबिन गरी दोषीमाथि कारबाही र पीडित परिवारलाई क्षतिपूर्ति दिन माग गरिएको छ ।

त्यसैगरी महासंघले सुदुरपश्चिमका ८ जिल्लामा निर्माण भएका भवनको व्यवस्थापन गरि संचालन र भवन निर्माण नभएका तथा निर्माण सुरु भएर अवरुद्द भएका जिल्लाका शाखाको भवन निर्माणका लागी बजेट विनियोजन गर्न प्रदेश सरकार र स्थानीय तहसंग आग्रह गरेको छ ।

घोषणापत्रमा पत्रकारिता क्षेत्रको समग्र सुधार र सुदूरपश्चिमका सञ्चारकर्मीको हकहित सुनिश्चित गर्न तत्काल कदम चाल्न सरकारलाई आग्रह गरिएको छ ।

सम्बन्धित

Comments are closed.