वेदकोटमा उप मेयर नवजात शिशु स्वागत एवम सुत्केरी स्याहार तथा पोषण कार्यक्रम सम्पन्न

महेन्द्रनगर । कञ्चनपुरमा सुत्केरी महिलाहरुलाई पोषणयुक्त खानेकुरा वितरण गरिएको छ । जिल्लाको वेदकोट नगरपालिकामा उप मेयर नवजात शिशु स्वागत एवम सुत्केरी स्याहार तथा पोषण कार्यक्रम अन्तरगत सुत्केरी महिलाहरुलाई पोषण सामग्रीहरु वितरण गरेको हो ।

आईतवार वेदकोट नगरपालिकामा रहेकोसुडा स्वास्थ्य चौकी र दैजी स्वास्थ्य चौकीमा गरी ८२ जना ४५ दिन भित्रका सुत्केरी महिलाहरुलाई पोषणयुक्त झोला वितरण गरिएको हो । जन्मेदेखी ४५ दिनका सुत्केरी महिलाहरुलाई विभिन्न पोषणयुक्त खानेकुराहरु वितरण गरिएको छ ।

एक झोलासहित उक्त भित्र घिउ, काजु बदाम, नरिवल, सुजी, चिनी अण्डा लगायतका पोषणयुक्त खानेकुराहरु राखेर वितरण गरिएको छ । कार्यक्रमका सभाध्यक्ष एवम वेदकोट नगरपालिकाका उपप्रमुख तुलसी जोशीले सुत्केरी महिलाहरुलाई लक्षित गर्दै यो कार्यक्रम संचालनमा लयाएको बताउनु भयो ।

यो धर्तीमा जन्म लिएर नवजात शिशु जब आउँछ उसलाई स्वागत गर्नका लागी र नेपाल सरकारले पनि उसको स्वागतमा सहकार्य गरेको थियो भन्ने जानकारी आमाहरुले पछि ठुलो गराउन भन्नका लागी यो कार्यक्रमको आयोजना गरिएको बताउनु भयो ।

यो अवस्थामा महिलाहरुलाई बढी पोषणयुक्त खानेकुराहरु को आवस्यक्त पर्ने भएकाले र महिलाहरुलाई स्थानिय सरकार पनि तपाईहरुसंगै छ है भन्ने जानकारी दिन यो कार्यक्रम लागु भएको बताउनु भयो ।

साथै नववर्षको उपलक्ष्यमा नवजात शिशुलाई स्वागत पनि हुने र आमाले यो पोषणयुक्त खाना खायो भने बच्चा पनि स्वस्थ्य हुने भएकाले परिवारले पनि साथ र सहयोग गर्न आग्रह गर्नु भयो । वेदकोट नगरपालिका स्वास्थ्य शाखा प्रमुख हरिषा पालले सुत्केरी महिलाहरुलाई पोषिलो खाना खुवानु पर्दछ है भनेर परिवारका सदस्यहरुलाई जानकारी दिन पनि यो कार्यक्रम लागु भएको बताउनु भयो ।

साथै सुत्केरी भएको बेलामा सबै प्रकारका खानाहरु खान नदिने प्रचलन रहेको अवस्थामा परिवारका सदस्यहरुलाई सिकाउनका लागी पनि र सम्मान स्वरुप यो कार्यक्रम गरिएको जानकारी दिनु भयो । सुत्केरी महिलाहरुले यो पोषणयुक्त खानेकुराहरुले केहीदिन भएपनि खान पाउँने र आर्थिक रुपमा कमजोर भएकाहरुले पनि पोषणयुक्त खाना खाएर आफु र आफनो बच्चालाई स्वस्थ्य राख्न सक्ने बताएका छन् ।

साथै उहाँले आफुले यो पोषण खाना पाएपछि खुसी लागेको र आगामी दिनमा पनि यो कार्यक्राले निरन्तरता पाउनु पर्ने बताउनु भयो । उहाँले यो कार्यक्रम संचालन गरेकोमा नगर उपप्रमुख तुलसी जोशीलाई धन्यवाद व्यक्त गर्नु भयो ।

“यस्तो कार्यक्रम त सधै हुनुपर्दछ, दाल भात मात्रै पनि खानाको रुपमा खान नपाउने कतिपय सुत्केरी महिला हुनुहुन्छ उहँहरुले पनि यो खान पाउने छन”।

 

सम्बन्धित

Comments are closed.