महेन्द्रनगर । डडेल्धुरामा हुने घटाल बाबाको जाँत ( विशु जाँत ) सम्पन्न भएको छ । बैशाख २ गते विशु जाँतमा भक्तजनहरुको ठुलो भिड लाग्ने गर्दछ । अमरगढी नगरपालिका ३ मा रहेको घटाल थानमा देवताका धामी कापेर बालुवा खाने घटाल बाबाको जाँत हेर्न देश विदेशबाट भक्तजनहरु पुग्ने गरेका छन् ।
प्रत्येक वर्ष वैशाख २ गते हुने प्रशिद्ध एवं शक्तिशाली मानिने घटाल बाबाको विशुजाँत मङ्गलबार सम्पन्न भएको हो । भीम र हिडम्बाका पुत्र घतोत्कचको विधिवत रूपमा पूजाआजा हुने घटालथानमा जाँत हुने गरेको छ ।
अमरगढी नगरपालिका ३ डोटी खोलामा रहेको घटालथानमा पूजाआजा पछि घटाल बाबाका धामी कापेर बालुवा खाने गर्नुहुन्छ । घटाल बाबा एवं घटोत्कचको शक्ति प्रदर्शनका रूपमा देवताका धामीले बालुवा खाने गरेको घटाल क्षेत्र विकास समितिका अध्यक्ष कृष्ण बोहराले बताउनुभयो ।
उहाँका अनुसार घटालको देउवा आभूषणसहितको डोली, शङ्ख, घण्टा, नेजाध्यजा महाकाली नदीको परशुराम धाममा स्नान गरिन्छ । पहिले घटालका धामिले सात सुप्पा करिब डेढ कुन्टल बालुवा खाने भएकाले एक स्थानमा सात सुप्पे भन्ने स्थान नै नामाकरण गरिएको उहाँले बताउनुभयो । हालभने देवताका धामी कापेर थोरै भएपनि बालुवा खाने गरेको देख्न सकिने उहाँले जानकारी दिनुभयो ।
Comments are closed.