वेदकोट नगरपालिकामा मुक्त कमलरीहरुलार्ई प्राविधिक शिक्षा तथा लोकसेवा तयारी कक्षा संचालन

महेन्द्रनगर । कञ्चनपुरको वेदकोट नगरपालिकाले मुक्त कमलरी तथा उनका परिवारहरुलाई प्राविधिक शिक्षा तथा लोकसेवा तयारी कक्षा संचालनमा ल्याएको छ । वेदकोट नगरपालिकाको आर्थिक सहयोग र मुक्त कमलरी विकास मञ्चको आयोजनामा उक्त लोकसेवा तयारी कक्षाको आयोजना भएको हो ।

बैशाख २ गतेदेखी ३१ गतेसम्म संचालन हुने उक्त कार्यक्रममा मुक्त कमलरीहरुलाई सरकारी क्षेत्रमा जागीर खान सहजता हुने आयोजकले जनाएको छ । वेदकोट नगरपालिकाका उप प्रमुख तुलसी जोशीको प्रमुख आतिथ्यतामा तथा जिल्ला प्रशासन कार्याल कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी पर्शुराम पोखरेलको बिशिस्ट आतिथ्य रहेको थियो ।

यसैगरी, वेदकोट नगरपालिकाका प्रमुख प्रशसाकीय अधिकृत हरि दत्त भट्ट, योजना शाखा प्रमुख अमर महराको आतिथ्यता रहेको थियो । मुक्त कमलरीहरुको सकारात्मक भावनाको विकास गराइ कुशल नेतृत्व, सफल, मेहनती, प्रतिस्पर्धी र इमान्दार बनाएर स्थापित गराउन लोकसेवा तयारी कक्षा संचालन गरिरहेको नगरउपप्रमुख जोशीले बताउनु भयो ।

सहभागहिरुको यो कक्षा लिएपछि आफनो वैयक्तिक विकास संगै आर्थिक रुपमा पनि सम्पन्नतम तर्फ उन्मुख हुन भनेर पालिकाले यो लक्षित कार्यक्रम अथवा अवसर प्रदान गरेको जानकारी गराउनु भयो । समाज परिर्वतनका लागि उहाँहरुको पनि भूमिका महत्वपूर्ण भएको उल्लेख गर्दै जिम्मेवार भएर सरकारी क्षेत्रमा आफनो भविष्य बनाउन सहजता होस भनेर यो कार्यक्रमको आयोजना गरिएको उहाँले बताउनु भयो ।

लोकसेवा आयोगमा यो क्षेत्रबाट पहुँच र सहभागिता अझैं पनि उल्लेख्य रुपमा हुन नसकेको भन्दै यो लोकसेवा तयारी कक्षा पश्चात धेरै विषयवस्तुको ज्ञान हुनेमा आफु विश्वस्त रहेको उपप्रमुख जोशीले बताउनु भयो । राज्य सञ्चालनमा कर्मचारीहरुको महत्पूर्ण भूमिका हुने उल्लेख गर्दै प्रशिक्षक एवम सहायक प्रमुख जिल्ला अधिकारी पोखरेलले सरकारी कर्मचारीमा क्षमता भएको मान्छे र युवाहरु आउनु पर्ने बुझाइ भएकाले यो कार्यक्रम उपयोगि भएको बताउनु भएको छ ।

आफुले पढेको ज्ञानको उचित क्षेत्रमा प्रयोग गरिनु पर्ने बताउँदै नगरपालिकाले लोक सेवा तयारी कक्षा सञ्चान गर्नु मुक्त कमलरीहरुका लागी सुनौलो अवसर भएको उहाँको भनाई रहेको छ । गाउँघरमै लोक सेवा तयारी कक्षा सञ्चालन भएपछि यहाँ सहभागीहरु खुसी भएका छन् ।

नगरपालिकाले आफुहरुका लागि गरेको यो प्रयास सकारात्मक भएको सहभागिहरुले बताएका छन् । यहाँका युवाहरुले लोक सेवा तयारी कक्षा लिनको लागि काठमाडौँ, धनगढी, नेपालगञ्ज जानु पर्ने बाध्यता अन्त्य भएको उनको भनाइ छ ।

 

सम्बन्धित

Comments are closed.