भीमदत्तद्वारा दन्त सेवाका लागी महाकाली अस्पताललाई २ लाख ५० हजार सहयोग

महेन्द्रनगर । कञ्चनपुरमा रहेको भीमदत्त नगरपालिकाले महाकाली प्रादेशिक अस्पताललाई नगद सहयोग गरेको छ । महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगर लाई दन्त सेवाका लागी नगद २ लाख ५० हजार सहयोग गरेको हो ।

शुक्रवार कार्यबाहक नगर प्रमुख निलम लेखकले अस्पतालका निमित्त मेडिकल सुपरीटेन्डेन्ट डा. अर्जुन भट्ट लाई चेक हस्तान्तरण गर्नु भएको छ । भीमदत्त नगरपालिका भित्र बसोवास गरेका गरिव बिपन्न, दलित परिवारहरुले दन्त सेवा सहजै प्राप्त गरुन भन्ने उदेश्यले सहयोग गरिएको कार्यबाहक नगर प्रमुख लेखकले बताउनु भयो ।

आफनो पालिकामा रहेका सम्पुर्ण व्यक्तीहरुको स्वास्थ्य प्रती पालिका पनि सचेत रहेको र जनताहरुलाई पालिका प्रती अपनत्व पनि रहने भएकाले विपन्न वर्गहरुको सजिलोका लागी यो सहयोग गरिएको बताउनु भयो ।

अस्पतालमा दन्त सेवा लिन आउने विपन्न दलित गरिव परिवारका लागी अब सेवा दिन सहजता हुने अस्पतालका निमित्त मेडिकल सुपरीटेन्डेन्ट डा. अर्जुन भट्टले बताउनु भयो । आर्थिक अभावले दन्त सेवा प्रभावित हुन नदिन पालिकाले गरेको आर्थिक सहयोगले भीमदत्त नगरपालिकाका जनतालाई सेवा लिन सजिलो हुनेमा आफु विश्वस्त रहेको उहाँले बताउनु भयो ।

पालिकाले दन्त सेवाका लागी गरिएको सहयोग प्रती अस्पतालका निमित्त मेडिकल सुपरीटेन्डेन्ट डा. अर्जुन भट्टले पालिकालाई धन्यवाद व्यक्त गर्नुभयो ।

सम्बन्धित

Comments are closed.