महेन्द्रनगर ।भीमदत्त नगरपालिकाका कार्यवाहक नगर प्रमुख निलम लेखक आफै जनताहरुको पिरमर्का बुझन उनिहरुको घरदैलोमा पुग्ने र उनिहरुले माग गरेको योजनाहरु के कसरी निर्माण भईरहेका छन ? भनेर आफै फिल्डमा खटिने गरीरहनु भएको छ ।
प्रत्यक्ष रुपमा आफै काम भईरहेको योजना निर्माण भईरहेका क्षेत्रमा पुगेर आफे निरिक्षण गर्ने, जनताहरुलाई भेटेर कामको बारेमा जानकारी लिने र काम गुणस्तरिय भए नभएको स्थानियलाई पनि सोध्ने गरीरहनु भएको छ ।
स्थानियहरुको माग र भनाई बमोजिम मात्रै योजनाहरु, विकास निर्माणका कार्यहरु संचालन गर्न उहाँले बताउँदै आउनु भएको छ । शुक्रवार पनि प्रधानमन्त्री रोजगार कार्यक्रम र वडा नम्बर १४ को लागत साझेदारीमा शान्ती टोलमा ढल निकास नाली निर्माण योजना हेर्न उहाँ आफै फिल्डमा पुग्नु भएको थियो ।
अहिले उक्त क्षेत्रमा नगरपालिकामा सुचिकृत भएका बेरोजगार व्यक्ति द्वारा कार्य सम्पादन भैइ रहेको छ । जनताका निर्माणधिन योजनाहरुमा अनुगमनका लागी सबै क्षेत्रमा आफै खटिने भएर योजनाहरु पनि गुणस्तरिय हुने र जनताहरु प्नि खुशी हुने भएपछि आफै फिल्डमा खटिने कार्यवाहक नगर प्रमुख लेखकले बताउनु भयो ।
थोरै पैसा भए पनि काम धेरै अनि निर्माण कार्यलाई गुणस्तरिय र मजबुत बनाउनका लागि जनता माझ त्यहि सानो रकमलाई व्यबस्थापन गर्न जनता प्रती प्रतिबद्ध भएर जनता नै जनार्दन भएका ले जनताहरुका लागि सक्दो व्यबस्थापन गर्न अघि बढ्ने प्रतिबद्धता गर्नु भएको छ ।
यसरी हरेक जनप्रतिधिहरु ले योजनाका अनुगमन निर्माण भईरहेको बेलामा निरन्तर गर्ने हो भने योजनाहरु पनि राम्रो हुने भीमदत्त नगरपालिका १४ का स्थानियहरुले बताएका छन् ।
Comments are closed.