विदाको दिन पनि जनताको घरदैलोमा भीमदत्तका उपप्रमुख लेखक, जनताको समस्या बुझन सक्रिय

महेन्द्रनगर । भीमदत्त नगरपालिकाका उपप्रमुख निलम लेखक विदाको दिनमा पनि जनताहरुसंग भेटघाट गर्न उनिहरुको घरदैलोमा गएर स्थानियहरुको समस्या र मागहरुको सम्बोधन गरीरहनु भएको छ ।

जनप्रतिनिधीहरुको दैनिकी निकै व्यस्त रहने गर्दछ पालिकाका योजना विकास निर्माणका योजना अनुगमन लगायत विभिन्न कार्यक्रमहरुमा सहभागिता जनाउदा समय मिलान गर्न समस्या हुने गरेपनि उप प्रमुख लेखकले भने योजनाको अनुगमन गर्न आफै जाने र जनताहरु संग उनिहरुको पिरमर्का, समस्याहरु पनि समाधान गर्ने गरी भेट गर्ने कार्य गरी रहनु भएको छ ।

शनिवार पनि भीमदत्त नगरपालिका ३ मा रहेको राधा कृष्ण टोलमा उपप्रमुख लेखक र वडा अध्यक्ष गगनसिंह धामी गएर त्यहाँ रहेको स्थानियहरुलाई भेटगरी उनिहरुलाई आवस्यक पर्ने योजनाहरुको बारेमा जानकारी लिएर आगामी आर्थिक वर्षमा उनिहरुलाई चाहिने योजनाहरु निर्माण गर्ने प्रतिवद्धता जाहेर गर्नु भएको नगर उपप्रमुख निलम लेखको सचिवालयले जनाएको छ ।

उपप्रमुख लेखक आफनै घरदैलोमा आएर स्थानियसंग योजना, विकास निर्माणका बारेमा बुझेर समाधान गर्ने प्रतिवद्धता गरेको प्रती स्थानियहरु खुशी भएका छन् ।

आफनो आशा र भरोशा उपप्रमुख रहेको बताउँदै स्थानियहरुले खानेपानी, चौतारा निर्माणको लागी माग गरेका छन् ।

सम्बन्धित

Comments are closed.