कञ्चनपुरमा ३ जना लागूऔषधसहित पक्राउ

महेन्द्रनगर । कञ्चनपुरमा ३ जना लागूऔषधसहित पक्राउ परेका छन्।भीमदत्त नगरपालिका–११ गड्डाचौकी नेपाल भारत सिमाना दशगजा पिल्लर नम्बर ७ स्थित भारतबाट नेपाल तर्फ हिडिरहेको शुक्लाफाटा नगरपालिका–११ बस्ने २५ वर्षीय रामबहादुर बिष्ट पक्राउ परेका छन्।

बिष्टलाई चेकजाँच गर्दा उनको साथबाट १३.२७ ग्राम खैरो हेरोइन फेला पारी उनलाई नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर, लागु औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगर कञ्चनपुर र जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले नियन्त्रणमा लिएको छ।

यसैगरी बेलौरी नगरपालिका–१ हनुमानथान नजिकबाट प्रहरी चौकी फटैया कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले डडेल्धुराको गन्याधुरा गाउँपालिका–३ सकायल बस्ने ३९ वर्षीय करनबहादुर देउवा र सोही ठाउ बस्ने ३५ वर्षीय रोहीत शाही पक्राउ परेका छन्।

उनीहरुलाई चेकजाँच गर्दा देउवाको साथबाट ०.४६ ग्राम लागु औषध खैरो हेरोइन फेला पारी दुबै जनालाई नियन्त्रणमा लिएको छ।

उता, अदालतबाट दोषी ठहर भएका धनगढीका एक जना पक्राउ परेका छन्।जिल्ला अदालत कैलालीबाट लागु औषध मुद्दामा १ महिना कैद सजाय तोकिएपछि फरार रहेका धनगढी उपमहानगरपालिका–१३ हिमाली टोल बस्ने २८ वर्षीय सागर रावल पक्राउ परेका हुन्।

रावललाई प्रहरी चौकी कैलालीगाँउबाट खटिएको प्रहरी टोलीले शनिवार उनकै घरबाट पक्राउ गरेको छ।

 

सम्बन्धित

Comments are closed.