एमाले निकट निजामती कर्मचारी संगठनद्वारा अनाथालयमा पङखा र कुर्सी सहयोग

महेन्द्रनगर । नेपाल निजामती कर्मचारी संगठन कञ्चनपुरले अनाथालयमा भौतिक सहयोग गरेको छ । एमाले निकट नेपाल निजामती कर्मचारी संगठनले महेन्द्रनगर अनाथालयमा भौतिक सहयोग गरेको होे।

नेपाल निजामती कर्मचारी संगठन कञ्चनपुरका अध्यक्ष मान बहादुर चन्दले संगठनकोे ३५औँ स्थापना दिवसको अवसरमा अनाथालयमा पङखा र कुर्सी वितरण गरेको बताउनुभयो।

हामीले यस बर्ष स्थापना दिवसमा असाहय बालबालिकालाई सक्दो सहयोग गरेका छौँ। ‘हामीले सक्दो सहयोग गर्ने हो ।’

सहयोग समाग्री वितरणमा नेपाल निजामती कर्मचारी संगठनका अध्यक्ष मान बहादुर चन्द, उपाध्यक्ष दिनेश भट्ट, सुप प्रदेश अध्यक्ष महादेव जोशी सहितका निजामती कर्मचारी संगठनका पदाधिकारी एव सदस्यको सहभागिता रहेको छ।

सम्बन्धित

Comments are closed.