भीमदत्त नगरमा डकर्मी र घर वाइरिङ सम्बन्धि तालिम सम्पन्न, प्रशिक्षार्थीले व्यक्त गरे खुसी

महेन्द्रनगर । कञ्चनपुरमा ५० दिने सिप विकास तालिम सम्पन्न भएको छ । भीमदत्त नगरपालिका को आयोजनामा सेवा प्रदायक सस्था BCTC नेपालको प्राबिधिक सहयोगमा  प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत सञ्चालित युवा रोजगारीका लागि रूपान्तरण पहल परियोजना अन्तर्गत भीमदत्त नगरपालिकामा ५० दिने सीप विकास तालिमको सफल समापन तथा प्रमाणपत्र वितरण कार्यक्रम सम्पन्न भएको हो ।

कार्यस्थलमा आधारित र जीवन उपयोगी सीप प्रदान गर्ने उद्देश्यले सञ्चालन गरिएको उक्त तालिममा डकर्मी र घर वाइरिङ सम्बन्धी ज्ञान तथा सीप प्रदान गरिएको थियो । तालिममा नगरपालिकाका १९ वटै वडाबाट ४० जना सहभागी थिए ।

समापन कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख पदम बोगटीले योे सीप केवल प्रमाणपत्रमा सीमित नराखी व्यवहारमा उतार्नु पर्ने बताए । ‘सीप प्राप्त गर्नु मात्र पर्याप्त छैन, त्यसलाई प्रयोगमा ल्याई रोजगारी वा स्वरोजगारीको अवसर सिर्जना गर्न सक्नुपर्छ ।

नगरपालिका युवाको क्षमता विकासमा सधैं प्रतिबद्ध छ । हामी यस्ता कार्यक्रमलाई अझ प्रभावकारी बनाउँदै लैजानेछौं ।’ कार्यक्रमका विशिष्ट अतिथि भीमदत्त नगरपालिकाका नगर उपप्रमुख नीलम लेखक जोशीले समेत यस्ता तालिमहरूले आत्मविश्वास, उद्यमशीलता र आत्मनिर्भरता विकास गर्न मद्दत पुग्ने धारणा व्यक्त गरिन ।

‘यो सिकेको सीपलाई व्यवहारमा उतार्नुहोला ।’ उनले भनिन् ‘तपाईहरुले सिकेको सीप हाम्रो नगरको सम्पती हो । यो सम्पतीलाई यहाँ नै परिचालन गर्न समेत हामी आवश्यक कार्यक्रमहरु ल्याउनेछौँ ।’ तालिममा सहभागी प्रशिक्षार्थीहरूले प्राप्त सीपले आफूहरूलाई भविष्यमा स्वरोजगारतर्फ अघि बढ्न प्रेरणा मिलेको बताउँदै यस्ता अवसर प्रदान गरेकोमा नगरपालिकाप्रति आभार व्यक्त गरे ।

उनीहरूले तालिम प्रभावकारी, व्यवहारिक र भविष्यमा उपयोगी हुने खालको भएको भन्दै खुसी समेत व्यक्त गरे । भीमदत्त नगरपालिकाको रोजगार प्रवद्र्धन शाखाको आयोजनामा र बिसिटिसिको प्राविधिक सहयोगमा सम्पन्न उक्त तालिमले युवाहरूलाई व्यवहारिक सीप प्रदान गरी उनीहरूलाई रोजगार र स्वरोजगारतर्फ अग्रसर गराउने अपेक्षा लिइएको छ ।

समापन कार्यक्रममा उत्कृष्र्ट प्रशिक्षार्थीलाई पुरस्कार समेत प्रदान गरिएको थियो, जसले अन्य सहभागीहरूलाई अझ मेहनत गर्न प्रेरणा दिएको नगरउपप्रमुख जोशीले बताइन् । उक्त कार्यक्रम उदघाटनको पहिलो दिनमा उप प्रमुख लेखकले तालिममा सिकाईमा उत्कृष्ट हुने प्रशिक्षार्थीलाई प्रथम द्धितिय र तृतीय पुरुस्कार दिने भन्ने बाचा गर्नु भएको थियो ।

सोही अनुरुप आज प्रशिक्षार्थीहरु मध्ये उत्कृष्ट ३ जनालाई उनिहरुको हौसलाका लागी पुरस्कार पनि बितरण गर्नु भएको हो । कार्यक्रममा अन्य वक्ताहरुले सिकिएको सीपलाई व्यवहारमा उतारी स्वरोजगारको मार्गमा लाग्न आग्रह प्रशिक्षार्थीहरुलाई आग्रह गरेका थिए ।

सम्बन्धित

Comments are closed.