कञ्चनपुरमा दुलही लिएर फर्किदै गर्दा स्कारपियो दुर्घटना, दुलहा दुलही सहित ७ जना घाईते

महेन्द्रनगर । कञ्चनपुरमा विवाहको जन्ती लिएर आएको सवारी साधन दुर्घटनामा परेको छ । भीमदत्त नगरपालिका ६ ऐठपुरमा मलासबाट दुलही लिएर आएको स्कारपियो दुर्घटनामा परेको हो ।

ट्राफिक प्रहरी कार्यालय कञ्चनपुरका अनुसार दुलहा दुलहीसहित ७ जना घाईते भएका छन् । युके ०६ टिए ४२४९ नम्वरको भारतिय नम्वर रहेको स्कारपियो दुर्घटनामा परेपछि चालक फरार छन् ।

घाईतेहरुको अहिले मन्त्र अस्पतालमा उपचार भईरहेको छ । घटनाको भविस्तृत विवरण आउन भने बाँकी छ ।

 

सम्बन्धित

Comments are closed.