भीमदत्त नगरपालिकमा २ वटा सामुदायिक विद्यालयको नयाँ भवनको शिलन्यास

महेन्द्रनगर । भीमदत्त नगरपालिकमा २ वटा सामुदायिक विद्यालयको नयाँ भवनको शिलन्यास गरिएको छ । सोमवार भीमदत्त नगरपालिका १० सुकासालमा रहेको श्री महेश्वर माध्यमिक बिद्यालय, भीमदत्त नगरपालिका ३ तिलकपुरमा रहेको श्री नव दुर्गा कालिका आधारभुत बिधालयमा नयाँ भवनको शिलन्यास गरिएको हो ।

महेश्वर माध्यमिक बिद्यालयमा चार कोठे भवन र नव दुर्गा कालिका आधारभुत बिधालयमा ३ कोठे भवनको नगर प्रमुख पदम बोगटी र उप प्रमुख निलम लेखकले शिलन्यास गर्नु भएको छ ।

भीमदत्त नगरपालिकाको र बिल्ड अन नेपालको संयुक्त साझेदारीमा पक्कि भवन र २ कोठे शौचालय निर्माण हुने भएपछि विद्यालय परिवार तथा स्थानियहरु हर्षित भएका छन् । पालिकाले शिक्षा क्षेत्रमा गरेको यो लगानीले निर्माण कार्य र भवनहरु गुणस्तरिय बन्नु पर्ने नगर प्रमुख बोगटीले बताउनु भयो ।

पालिकाले शिक्षा क्षेत्रलाई अझै बढी गुणस्तर बनाउनका लागी भौतिक संरचनाहरु, विधार्थीहरुका लागी विभिन्न ज्ञानवद्र्धक कार्यक्रमहरु, शिक्षक,शिक्षिकाहरुका लागी पनि उनिहरुको क्षमता अभिवृद्धी गराउने कार्यक्रमहरुमा पनि जोड दिईरहेको बताउनु भयो ।

विद्यालयमा भौतिक संरचनाको, खानेपानी, र अन्य स्तर वृद्धी गर्न पालिकाले आफनो पहिलो प्राथमिक्तामा राखेर शिक्षामा बजेट विनियोजन गरेको उहाँले बताउनु भयो । उपप्रमुख लेखकले यो योजनाबाट बढी भन्दा लाभ लिई आफना नानी बाबुहरुलाई निरन्तर अध्ययन गराउन परिवारले पनि प्रोत्साहन गर्नु पर्ने बताउनु भयो ।

आफना बालबालिकाहरुको  शिक्षामा लगानी गर्नु पर्ने र शिक्षामा सवैले आ आफ्नो क्षेत्र बाट सहयोग गर्नु आज को आवश्यकता रहेको बताउनु भयो ।

सम्बन्धित

Comments are closed.