महेन्द्रनगर । कञ्चनपुरको बेलौरीमा सामुदायिक विपद व्यवस्थापन समिति तथा उपसमितीहरुको गठन तथा पुर्न गठन गरीएको छ । विपद जन्य घटनामा सक्रिय भुमिका निर्वाह गरेर आपत विपदमा परेको स्थानियहरुलाई सहजता गराउने उदेश्यले समितिहरु गठन गरिएको हो ।
एल.डब्लु.एफको आर्थिक सहयोग र निड्स नेपालको साझेदारीमा सञ्चालित समुदाय सशक्तिकरण र विकासका लागी स्थानिय पहल परियोजना लाईसेड अन्तरगत समितीहरु ग्ठन गरिएको छ । बेलौरी नगरपालिका वडा नम्वर २ को बन्दतालमा, वार्ड नम्वर ३ को पडावमा र वार्ड नम्वर ५ को शोभाताल र भकुण्डामा समिती तथा उपसमिती गठन गरिएको कार्यक्रमका संयोजक कविता रोकायाले बताउनु भयो ।
विपद व्यवस्थापनमा ११ जना उपसमितीसहित गरेर १३ जना सदस्यहरु रहने छन् । समितिले समुदायस्तरमा विपद् जोखिम न्यूनीकरण, प्रतिकार्य, पुनःस्थापना, तथा दीर्घकालीन पुनर्लाभ सुनिश्चित गर्ने गरी समावेशी, सहकार्यात्मक, र दीगो व्यवस्थापन प्रणालीलाई प्रवद्र्धन गर्ने उदेश्य रहेको बताउनु भयो ।
यो समितिले समुदायमा हुने गरेका विपदको समयमा सक्रिय भुमिका निर्वाह गर्ने, विपद् जोखिम न्यूनीकरण तथा पूर्वतयारीका कार्यक्रमहरू सञ्चालन गर्न आवश्यक समन्वय, सहयोग, तथा नेतृत्व प्रदान गर्ने र विपद्को पूर्वानुमान, पूर्वचेतावनी प्रणालीको सुदृढीकरण गर्दै, समुदायलाई समयमै सूचित गर्ने तथा पूर्वतयारी उपायहरू लागू गर्ने रहेको बताउनु भयो ।
यसैगरी, समितीले विपद्का समयमा प्रभावित समुदायलाई तत्काल खोज, उद्धार तथा राहत सेवा प्रदान गर्ने, विपद् व्यवस्थापनसम्बन्धी जनचेतना अभिवृद्धि गर्दै समुदायलाई विपद् न्यूनीकरण तथा प्रतिकार्य क्षमतामा सशक्त बनाउने काम गर्ने भएको छ ।
कार्यक्रम संयोजक रोकायाका अनुसार विपद् व्यवस्थापनका लागि सरकारी तथा गैरसरकारी निकायहरूसँग समन्वय गरी आवश्यक स्रोत, साधन तथा प्रविधिको परिचालन गर्ने, विपद् पश्चात पुनःस्थापना तथा पुनर्निर्माणका लागि योजना बद्धरूपमा कार्य गर्दै समुदायको दिगो पुनर्लाभ सुनिश्चित गर्ने कार्य पनि समितीले गर्ने भएको छ ।
महिला, बालबालिका, जेष्ठ नागरिक, अपांगता भएका व्यक्ति, तथा अन्य संकटासन्न समूहहरूलाई प्राथमिकतामा राखी समावेशी तथा संवेदनशील दृष्टिकोण अपनाउने र विकास निर्माणका कार्यमा विपद् जोखिम न्यूनीकरणका उपायहरू समावेश गराई दिगो विकासलाई प्रवद्र्धन गर्ने उदेश्य रहेको छ ।
Comments are closed.