महेन्द्रनगर । वातावरण संरक्षण तथा समाज कल्याण संघ नेपाल (पेसवान) ले समुदायको लागि जलवायु उत्थानशिल कार्यक्रम अन्र्तगत विपद प्रतिकार्यका लागि सामुदायिक पहल तालिम संचालन गरेको छ ।
४ दिन सम्म चल्ने उक्त तालिममा भीमदत्त नगरपालिका, शुक्लाफाँटा नगरपालिका बेलौरी नगरपालिका, पुनर्वास नगरपालिका र लालझाडी गाउँपालिकाका का सहभागिहरु रहेका छन् । संस्थाका कार्यक्रम संयोजक दिल बहादुर ढाँटले विपद्को जोखिमबाट सबैभन्दा बढी प्रभावित स्थानीय तहमा कार्यक्रम सञ्चालन गरिएको जानकारी दिए ।
भीमदत्त नगरपालिका वडा नं. १, २, १९, शुक्लाफाँटा नगरपालिका १२, बेलौरी नगरपालिका ५, पुनर्वास नगरपालिका २, ५ र लालझाडी गाउँपालिकाका ६ नं. वडा बाहेक अन्य ५ वडामा कार्यक्रम सञ्चालनमा रहेको बताए ।
सामुदायिक विपद समितिमा रहेको खोज तथा उद्धार टोली र वडा स्तरीय विपद व्यवस्थापन समितिबाट पनि सदस्यहरु गरी २८ जनालाई यो तालिम प्रदन गरिएको बताए । विपद हुनबाट रोक्नका लागी उनिहरुलाई ४ दिनसम्म विभिन्न तालिमहरु प्रदानगरी दक्ष बनाउने लक्ष्य रहेको बताए ।
कार्यक्रमका प्रमुख अतिथी एवम कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी पर्शुराम पोखरेलले तालिमबाट सहभागीहरुको विपद् प्रतिकार्य क्षमता अभिवृद्धि हुने विश्वास व्यक्त गरे । उनी विपद् व्यवस्थापन सम्बन्धि जानकार प्रशासक हुन् । उनले विपद् न्यूनीकरणका लागि सरकारी तथा गैर सरकारी कार्यक्रम वातावरणमैत्री र नागरिक मैत्री हुनु पर्नेमा जोड दिए ।
‘यो तालिमबाट विपद् प्रतिरोध गर्ने क्षमता वृद्धि हुन्छ, त्यो भनेको विपद् सित लड्ने ज्ञान सीप प्राप्त हुन्छ’ सहायक प्रमुख जिल्ला अधिकारी पोखरेले भने ।कञ्चनपुर जिल्ला विपद्बाट सर्वाधिक प्रताडित भएकाले विपद्बारे सबैले बुझनु पर्ने सहायक प्रमुख जिल्ला अधिकारी पोखरेलले उल्लेख गरे ।
पेसवानका अध्यक्ष तिलमाया ढकालले विपद्बाट हुने क्षति न्यूनीकरणका लागि सबै पक्षले सचेत हुनु पर्ने बताइन् । चार दिने तालिममा भट्ट सहित दिपराज चटौत लगायत प्रशिक्षक छन् । तालिममा सहभागीहरुलाई विभिन्न अभ्यासहरु गराइने पेसवानका दमन बहादुर चन्दले बताए ।
Comments are closed.