बैलौरी राना मृत्यु ः कञ्चनपुर प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाइयो

महेन्द्रनगर । कञ्चनपुरको बैलौरी नगरपालिकामा मृत फेला परेका हरि किसन रानाको घटना रहस्यमय भएको भन्दै कञ्चनपुर प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाईएको छ ।

घटनाको यथासिघ्र सत्य तथ्य छान बिन गरी दोषि उपर कडा कार्वाही र पिडित परिवारलाई उचित किसिमको न्याय दिलाइ पाउँ भन्ने माग राख्दै जिल्ला प्रशासन कार्यालयमा ज्ञापपन पत्र बुझाईएको नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद कञ्चनपुरका अध्यक्ष विकास श्रेष्ठले बताए ।

बेल्डाँडी गाउँपालिकामा वार्ड नं. ३ खैरी घाट कमरी वस्ने वर्ष ५० का हरि किसन रानाको मंगलबारको दिन बैलौरी नगरपालिका वडा नं. १० मसान घाट कलकत्ता नजिकै सङकास्पद तथा रहस्यमय रुपमा मृत फेला परेको घटना प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।

घटनाको प्रकृती रहस्यमय भएकोले उक्त घटनाको यथासिघ्र सत्य तथ्य छान बिन हुनुपर्ने उक्त पत्रमा उल्लेख गरिएको छ । कञ्चनपुर प्रहरी प्रशासन लगायत सम्पुर्ण सम्बन्धित सरोकारवाला निकायहरुलाई नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद कञ्चनपुर लगायत सम्पूर्ण जातिय घटकहरुको तर्फबाट ध्यानाकर्षण गराउन चाहेको उक्त पत्रमा भनिएको छ ।

सम्बन्धित

Comments are closed.