महेन्द्रनगर । कञ्चनपुरमा एक होटल संचालक २ किलो चरेशसहित पक्राउ परेका छन्। कृष्णपुर नगरपालिका–२ बंकमा माँ डिलासैनि होटल एण्ड लजका संचालक सोही ठाउँ बस्ने ५० वर्षीय पदमबहादुर कार्की चरेशसहित बुधवार पक्राउ परेका हुन्।
कार्कीले संचालन गर्दै आएको सोही होटलको कोठा भित्रबाट २ किलो ३१५ ग्राम चरेशसहित उनलाई इलाका प्रहरी कार्यालय झलारी र लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय धनगढीबाट खटिएको संयुक्त प्रहरी टोलीले पक्राउ गरेको हो। सो सम्बन्धी थप अनुसन्धान भईरहेको प्रहरीले बताएको छ।
उता, धनगढी र टीकापुरबाट लागूऔषधसहित ३ जना पक्राउ परेका छन्। धनगढी उपमहानगरपालिका–१५ कनरीगाउँबाट ६० मिलिग्राम लागूऔषधसहित धनगढी उपमहानगरपालिका–७ बेली बस्ने २६ वर्षीय तिर्थराज राना पक्राउ परेका हुन्। रानालाई प्रहरी चौकी कनरीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ।
यस्तै टीकापुर नगरपालिका–१ ब्लक नम्बर–९ स्थित सडकखण्डबाट सोही ठाउँ ३२ वर्षीय सुमित साउद र ब्लक नम्बर–१२ बस्ने २८ वर्षीय शाहिल शाह पक्राउ परेका छन्।
यी दुबै जनालाई ३२० मिलिग्राम लागूऔषधसहित इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ। बुधवार पक्राउ परेका यी तीनै जनामाथि थप अनुसन्धान भईरहको प्रहरीले जनाएको छ।
Comments are closed.