महेन्द्रनगर । भीमदत्त नगरपालिकाले कला, सांस्कृतिको पहिचान तथा संरक्षण गर्दै लोपोन्मुख परम्परागत बाजाको पुनर्जागरण गर्न १५ दिने दमाह बाजा सम्बन्धि तालिम सम्पन्न भएको छ । भीमदत्त नगरपालिकाका कार्यपालिका सदस्य गणेश आग्रीको सभाध्यक्ष्ता रहेको कार्यक्रममा उपप्रमुख निलम लेखकको प्रमुख आतिथ्यतामा शुक्रवार आयोजित एक कार्यक्रमका बिच तालिमको समापन गरिएको हो ।
१५ दिन सम्म १९ वडा का १९ जनाले दमाह बाजा बजाउने सीप सिकेका छन् । महिलाहरुले पनि दमाहमा बाजा बजाउने सपि सिकेको पाईएको छ । तालिममा स्थानीय दमाह बजाउने समुदायका सदस्यहरू, सांगीतिक रुचि भएका युवा तथा संस्कृति प्रेमीहरूको सहभागिता रहेको थियो ।
समापन कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रमुख लेखकले लोपोन्मुख बाजा तथा सांगीतिक परम्पराको जगेर्नाका लागि १५ दिन सम्म सिकेको सिपलाई आफनोृ जिवनमा लागु गर्नुपर्ने बताउनु भयो । पाएको प्रमाणपत्रलाई लगेर घरमा नथन्काएर सिपको प्रयोग गरी आर्थिक उपार्जनमा पनि लाग्न आग्रह गर्नुभयो ।
आगामी दिनमा एडभान्स तालिमको व्यस्था गरी अझै बढी दिन को तालिमको लागी समेत आफु लाग्ने प्रतिवद्धता जाहेर गर्नु भयो । ‘पछिल्लो समय हामी हाम्रा कला सँस्कृति विर्सदैँ गएका छौँ । पछिल्लो समय दमाह बाजा, पञ्चे बाजाको भन्दा पनि वैण्ड बाजा तर्फ हाम्रो समाज आकर्षित हुदैँ गएको छ ।’
उहाँले भभन्नु भयो ‘सो कुरालाई मध्यनजर गर्दै हाम्रा परम्परागत बाजाको संरक्षण र दलित एवम् महिलाहरुको आर्थिक उन्ननतीका लागि १५ दिने दमाह बाजा बजाउन तालिमको आयोजना गरिएको हो ।’ यस्तै उनले आफ्ना कला सँस्कृति संरक्षणका लागि सबैले आ–आफ्नो क्षेत्रबाट लाग्नुपर्नेमा जोड दिदैँ सीप सिकेपछि सीपको बजारीकरणका लागि समेत नगरपालिकाले आवश्यक सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।
कार्यक्रमका सभाध्यक्ष आग्रीले आफनो मौलिक परम्परा, लोक संस्कृती, लाई जेगर्ना गरी सिप सिकाएर यसको संरक्षण गर्न यो तालिम दिईएको बताउनु भयो । दमाह बाजा नेपालको मौलिक वाद्ययन्त्रहरू मध्ये एक हो, जुन विशेष गरी परम्परागत समारोह, जात्रा तथा सांस्कृतिक पर्वहरूमा सगुनको रुपमा बजाइन्छ ।
यद्यपी आधुनिकताको प्रभावसँगै यसको प्रयोग घट्दै गएकोले संरक्षणका लागि तालिम संचालन गरिएको बताए । यस्तै महिला सहभागी भिमदत्त नगरपालिका ४ की पुजा शार्कीले आफुहरुलाई यो सिपयुक्त तालिम प्रदान गरेको प्रती नगरपालिकालाई धन्यवाद व्यक्त गर्नका साथै आफुले सिकेको सिपलाई व्यवहारमा पनि लागु गर्ने बताउनु भयो ।
कार्यक्रमको संचालक भीमदत्त नगरपालिकाका विपद व्यवस्थापन फोकल पर्सन मनोज भट्टले गर्नु भएको थियो ।
Comments are closed.