शिक्षा अधिकार तथा अनुगमन समिति कञ्चनपुरको अध्यक्षमा नरेश सिलाल

महेन्द्रनगर । शिक्षा अधिकार तथा अनुगमन समिति कञ्चनपुरको अध्यक्षमा गैसस महासंघ कञ्चनपुरका पुर्व अध्यक्ष नरेश सिलाल चयन हुनु भएको छ ।

आईतवार शिक्षा अधिकार तथा अनुगमन समुह काठमाडौको सहकार्यमा कञ्चनपुरको समग्र शिक्षा क्षेत्रको अवस्था सुधार गर्नका लागी सम्बन्धित निकायलाई अनुगमन मार्फत सुझाव दिने अभिप्रायका साथमा नागरिक अगुवाहरुको भेलाले सिलालको संयोजकत्वमा ९ सदस्सीय शिक्षा अधिकार तथा अनुगमन समिति कञ्चनपुरको गठन गरेको हो ।

सदस्यहरुमा अमिर तिरुवा,सिता बोहरा,भगवती थापा,अम्बादत्त जोशी,जानकी जोशी,शारदा जोशी,अनिता थापा,गिता ओली रहनुभएको छ । कञ्चनपुरमा भएको भेलाले सर्वसम्मत रुपमा समिति चयन गरिएको थियो । उक्त कार्यक्रमका शिक्षा अधिकार अनुगमन समुहका राष्टिय संयोजक नरेन्द्र डंगोलले सबैलाई खादा माला तथा टिका लगाई बधाई दिनु भएको छ ।

उक्त कार्यक्रममा वालवालिकाहरुले बिद्यालयको खाजा कार्यक्रम तथा बिद्यालयको अवस्थाका बारेमा बृहत छलफल गरिएको थियो भने, कञ्चनपुर जिल्लामा रहेका सामुदायिक बिद्यालयहरुले कस्तो प्रकारका खाजा खुवाईरहेको छ भन्ने बिषयमा समेत नागरिक संस्थाहरुको प्रमुखहरु बाट जानकारी लिनुभएको छ ।

उक्त कार्यक्रममा गैर सरकारी संस्था महासंघका उपमहासचिव द्धय भवराज रेग्मी र किरण थापा कन्सोर्टियम नेपालका अध्यक्ष सन्तोष महर्जन,लुनिभा नेपालका अध्यक्ष डा. रुपा मुनाकर्मी,लुनिभाका कार्यक्रम संयोजक कृष्ण गोबिन्द महर्जन लगायतको उपस्थितीमा समिति गठन गरिएको थियो ।

कार्यक्रम संचालन गैसस महासंघका उपाध्यक्ष तथा स्वीट नेपालका अध्यक्ष अमिर तिरुवाले गर्नुभएको थियो । कार्यक्रममा स्वागतका सचिव अञ्जु भट्ट र सिता बोहराले गर्नुभएको थियो ।

 

सम्बन्धित

Comments are closed.