महेन्द्रनगर । भीमदत्त नगरपालिले महिला उद्यमीहरुलाई नेतृत्व तथा उद्यमशिलता विकास तालिम प्रदान गरेको छ । महिला उद्यमशिलता सहजीकरण सञ्चालन अन्तरगत उद्यमी महिलाहरुका लागि २ दिने तालिम सोमवार सम्पन्न भएको हो ।
भीमदत्त नगरपालिका उप प्रमुख निलम लेखकले तालिमबाट सिकेको विषयवस्तुलाई आफनो व्यवहारिक जिवनमा र व्यवसाय लागु गर्न आगह गर्नु भयो । विगतमा आफुले पनि गरेको कामको अहिले सम्म अनुभव रहेको बताउँदै सिकेको सिप कहिले पनि खेर नजाने र व्यवसाय गर्न पनि सिपको आवस्यक्ता पर्ने बताउनु भयो ।
पछिल्लो समयमा महिलाहरुले पनि विभिन्न व्यापार व्यवसाय गरीरहनु भएको भएर सबैले आफना परिवारका सदस्यहरुलाई आर्थिकमा पनि सहयोग गरिरहेको बताउनु भयो ।
भीमदत्त नगरपालिकामा रहेका १९ वटै वडाबाट ६० जना सहभागि महिलाहरुलाई उक्त तालिम प्रदान गरिएको हो । विभिन्न पेशामा उद्यममा लागेका महिलाहरुलाई उनिहरुले संचालन गरेका व्यवसायलाइ कसरी अझै अगाढी बढाउन सकिन्छ, कसरी पेशालाई व्यवसायिक्ता तर्फ लैजान सकिन्छ भनेर तालिम प्रदान गरिएको भीमदत्त नगरपालिकाको महिला तथा बालबालिका शाखा प्रमुख कुन्ती लेखकले बताउनु भयो ।
१९ वटै वडामा छरीएर रहेका उद्यमी महिलाहरुलाई एक आपशमा जोडिनका लागि र संजालमा आवद्ध रहेर व्यवसाय गर्न सहज बनाउने उदेश्यले तालिम प्रदान गरिएको उहाँले बताउनु भयो । साथै व्यवसाय पेशा संचालन गर्ने दौरनमा आई पर्ने समस्याहरु, चुनौतीहरुलाई कसरी पार गर्न सकिन्छ एकअर्काको सिकाई अनुभव साटासाट गर्ने र सिकाई पनि हुने व्यवसयालाई अझै प्रवर्दन गर्न सजिलो हुने बताउनु भयो ।
वडा स्तरमा र नगर स्तरमा संजाल गठन गरेर उनिहरुलाई विभिन्न तालिम दिएर सक्षम बनाउने योजना रहेको र आगामी दिनहरुमा व्यवसाय गर्दा के कसरी संचालन गर्ने ? बजारीकरण, क्षमता विकास, लगायतका विषयमा जानकारी प्रदान गर्न पनि यो तालिम संचालन गरिएको उहाँको भनाई रहेको छ ।
सहभागी भीमदत्त नगरपालिका १ की ज्योत्सना विष्टले यो तालिमले थप उर्जा प्रदान गरेको र आफुले पनि डेरी व्यवसाय संचालन गरी रहेको भएर आफनो व्यवसायले अगाढी बढाउने ज्ञान सिप पाएको बताउनु भयो ।
अर्की सहभागी भीमदत्त नगरपालिका २ की मन्जु मालीले महिला उद्यमीहरुलाई समिती गठन मात्रै गरेर नहुने उनिहरुलाई सहुलियतमा आर्थिक सहयोग गर्ने पाटो पनि हुनुपर्ने र सिप सिकाएर महिलाहरुलाई आर्थिक उपार्जन गर्नमा सहयोग गर्नुपर्ने र
यो तालिमले धेरै विषयमा जानकारी प्रदान गरेको र आगमी दिनमा आफुले गरीरहेको किराना पसललाई अगाढी लैजानका लागी धेरै अनुभव प्राप्त भएको बताउनु भयो ।
Comments are closed.