महेन्द्रनगर । नागरिक समाज कञ्चनपुरले बेलौरी नगरपालिका १० शिवनगरस्थित आर्यघाट नजिक जलेको अवस्थामा मृत भेटिएका बेलडाँडी रतनपुरका हरि किसन रानाको घटनाको निष्पक्ष छानबिन गर्न स्थानीय प्रशासनको ध्यानाकर्षण गराएको छ ।
नागरिक समाजका अगुवाले मंगलबार जिल्ला प्रशासन कार्यालय पुगेर प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाललाई ध्यानाकर्षण पत्र बुझाएका छन् ।
पत्रमा शवको प्रकृतिका आधारमा हत्या भएको हुन सक्ने भएकाले निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन माग गरिएको छ ।
Comments are closed.