उखु किसानहरुलाई प्रदान गरिने अनुदान वितरण र विषादी सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न

महेन्द्रनगर । कञ्चनपुरमा उखु किसानहरुलाई प्रदान गरिने अनुदान वितरण र विषादी सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न गरिएको छ । कोष तथा लेखा नियन्त्रक कार्यालय र कृषी ज्ञान केन्द्रको अयोजनामा कार्यक्रम सम्पन्न गरिएको हो ।

कार्यक्रमको सभाध्यक्षमा कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी परशुराम पोखरेल रहनु भएको थियो भने, प्रमुख अतिथीमा जिल्ला समन्वय समिति प्रमुख दुर्गा दत्त बोहरा रहनु भएको थियो । उक्त कार्यक्रममा प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाल, कञ्चनपुरमा रहेका ९ वटा पालिकाका प्रमुख उपप्रमुख, कैलालीको गोदावरी नगरपालिका भजनी नगरपालिका र टिकापुर नगरपालिकाका प्रमुख उपप्रमुख, कृषी शाखाका प्रमुखहरु, व्यवसायीक कृषक, चिनी मिलका संचालकहरु पत्रकारहरु लगायतको उपश्थिती रहेको थियो ।

उखु किसानले पाउँने अनुदानमा पारदर्शिता र वास्तविक किसानहरुले सहज तवरले कसरी अनुदान पाउँन सकिन्छ भन्ने विषयमा छलफल भएको कृषी ज्ञान केन्द्र कञ्चनपुरका प्रमुख गोविन्द सिजापतीले बताउनु भयो । उत्पादनमा आधारित भएर अनुदान वितरण गरीरहँदा के के समस्याहरु रहेका छन् ? त्यसलाइ कसरी समाधान गर्न सकिन्छ ? भन्ने विषयमा पनि छलफल र सल्लाह सुझावहरु आएको बताउनु भयो ।

कञ्चनपुरमा पछिल्लो समय व्यवसायीक रुपमा तरकारी खेती भर्इैरहेको र उक्त तरकारीहरुमा फलफुलहरुमा पनि अत्यधिक विषादीको प्रयोग भईरहेको पाईएको भएर यसको असुरक्षित प्रयोगलाई कसरी घटाउन सकिन्छ सुरक्षित भएर कसरी प्रयोग गर्ने ? र विषादीको प्रयोगलाई कसरी घटाउने भन्ने विषयमा जानकारी प्रदान गरिएको उहाँले बताउनु भयो ।

शुक्लाफाँटा नगरपालिकाका मेयर रण बहादुर महराले भारतीय सीमावर्ती क्षेत्रबाट उखु ल्याएर नेपालमा अनुदान लिने प्रवृत्ति देखिएकाले छानबिन गर्नु पर्ने बताउउनु भयो । कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख कोष नियन्त्रण कृष्ण सिह धामीका अनुसार हालसम्म ४ अर्ब ७ करोड बढी अनुदान निकासा गरिएको छ । कञ्चनपुरमा गत वर्ष २७ करोड अनुदान वितरण गरिएको थियो ।

कार्यालयका अनुसार एक हजार ६ किसानले अनुदान माग गरेका छैनन् । २९ हजार ४ सय ४३ जनाले अनुदान लिएको कार्यालयले जानकारी दिएको छ । प्रमुख जिल्ला अधिकारी ढकालले अबदेखी भारतबाट अबैध रुपमा उखु आउन बन्द हुने बताउनु भयो । सबैले मिलेर सुचना दिने र सम्बन्धीत निकायले पनि सुक्ष्म तवरले निगरानी गर्ने वातावरण भयो भने पारीबाट उखु आउन नपाउने बताउनु भयो ।

कार्यक्रमका सभाध्यक्ष सहायक प्रमुख जिल्ला अधिकारी पोखरेलले किसानले उत्पादन गरेको उखुको सहि एकिन गरे उत्पादनको तथ्याङक राख्ने र पारदर्शीता, ईमान्दारीता, वस्तुनिष्ठता र कृषकलाई प्रोत्साहन गर्ने नितीलाई गाँउगाँउमा पुय्राउनु पर्ने बताउनु भयो ।

सम्बन्धित

Comments are closed.