महेन्द्रनगर । कञ्चनपुरमा रहेको सन्जिवनी नेपालले महिलाहरुलाई नेतृत्व विकास तालिम प्रदान गरेको छ । डिसिए नेपालको आर्थिक सहयोग, संजिवनी नेपालले संचालन गरेको वर्थ कार्यक्रम अन्तरगत उक्त २ दिने तालिम सम्पन्न भएको हो ।
सुदूरपश्चिम महिला पैरवी संजालमा आवद्ध रहेका भीमदत्त नगरपालिकामा रहेका १९ वटै वार्डबाट २४ जना महिलाहरुको सहभागिता रहेको थियो ।
स्थानिय स्तरमा नेतृत्व विकास कसरी गर्ने ? आफना योजनााहरुको बारेमा कसरी जानकारी लिने ? कसरी नेतृत्वदायी भुमिका निर्वाह गर्ने भन्ने विषयमा जानकारी दिने उदेश्यले यो तालिमको आयोजना गरिएको संस्थाका कर्मचारी दिपक जोशीले बताउनु भयो ।
स्थानिय तहमा आफनो पहुँच कसरी विस्तार गर्न सकिन्छ ? वडामा आउने बजेटलाई कसरी माग गर्ने भन्ने विषयमा पनि छलफल भएको बताउनु भयो । आफना लागी आएका योजनाहरुलाई सही ढंगले परिचालन गर्न सक्ने र समुृदायमा कार्यान्वयन गर्न सक्ने क्षमताको विकास पनि यो तालिमबाट प्रदान गरिएको उहाँले बताउनु भयो ।
साथै आफनो समुदायमा महिलाहरुको नेतृत्व बढाउने, उनिहरुका हकहित अधिकार र सवालमा पनि आवाज उठाएर पिडितलाई न्याय दिन सक्ने क्षमताको विकास पनि हुने बताउनु भयो । र साथै आफना समस्याहरुको समाधान आफैले समाधान को छलफल गर्ने, योजनाहहरु निर्माण गर्ने र सवाललाई सहि दिशामा लैजाने उदेश्यका साथमा उहाँहरुलाई तालिम दिएको संस्थाका कर्मचारी जोशीको भनाई रहेको छ ।
यस्तै तालिमका सहभागी भीमदत्त नगरपालिका ११ की कोमल सुनारले महिलाहरुको नेतृत्व विकास कसरी गर्न सकिन्छ नेतृत्व विकासले के फाईदा हुन्छ ? भन्ने विषयमा छलफल भएको बताउनु भयो । साथै यो तालिमले लेङिगक समानता, स्थानिय तहमा आउने बजेटलाई कसरी ल्याउन सकिन्छ ? बजेट तर्जुमा गर्दाका विषयहरुमा पनि जानकारी प्रदान गरिएको बताउनु भयो ।
साथै लक्षित वर्गहरुका लागी आउने बजेटलाई कसरी संचालन गर्न सकिन्छ कुन कुन शिर्षकमा बजेट छुटयाईन्छ भन्ने पनि यो तालिमबाट जानकारी भएको बताउनु भयो ।
साथै उहाँले यो तालिम प्रदान गरेको प्रती संस्था सन्जिवनी नेपालालई धन्यवाद पनि व्यक्त गर्नु भयो ।
Comments are closed.