राष्ट्रिय जेष्ठ नागरिक समाज कञ्चनपुरद्वारा जौको सातु र सर्वत पानी वितरण

महेन्द्रनगर । कञ्चनपुरमा राष्ट्रिय जेष्ठ नागरिक समाजले बुधवार सातु र सर्वत पानी वितरण गरेका छन् । वैशाख शुक्ल तृतीयाका दिन मनाइने अक्षय तृतीया पर्वमा बिहानैदेखि सातुसर्बत पानि वितरण गरिएको हो ।

भीमदत्त नगरपालिका वडा नम्वर १८को वार्ड कार्यालय नजिकै गर्मीयाममा खलखली पसिना काढ्दै बाटोमा हिँड्नेहरुलार्ई जौको सातु र सक्खर, मिश्री, मरिच एवं शीतलजल मिसाएर बनाइएको सर्वत पानी खुवाईएको छ ।

राष्ट्रिय जेष्ठ नागरिक समाजका केन्द्रिय उपाध्यक्ष एवम सुदूरपश्चिम ईन्चार्ज गंगाराम गिरीले दान गर्दा कहिल्यै नाश नहुने पुण्य आर्जन हुने जनविश्वास रहेका र पर्वमा कुनै जात, धर्म, सम्प्रदाय र लिङ्गको भेद नगरी सातु र सर्वत दान गरिएको बताउनु भयो ।

“गर्मी छ, बाटो हिँड्नेले समयमा भोजनपानी समयमा पाउँदैनन्,”, “बटुवाले गर्मीमा सातु, सर्वत खान पाउँदा आशिष दिन्छन ।” धर्मकर्म गरे सेवा पनि गर्नुपर्ने र यो कार्यको अब आउने युवा पिडीहरुले पनि सिक्नु पर्ने उहाँले बताउनु भयो । साथै उहाँले अक्षय तृतीयाको वर्णन भविष्य पुराणमा गरिएको बताउनु भयो ।

भगवान् शिव र पार्वतीको विवाह भएको दिन पनि मानिने यो पर्वमा ब्राह्मण तथा गरिबलाई स्वर्ण, अन्न र वस्त्र दान गरेमा सुख, सौभाग्य र धन वृद्धि हुने धार्मिक मान्यता रहेको उहाँको कथन छ ।

गर्मीमा पसिना धेरै आएर शरीर शिथिल हुने भएकाले चिनीको मात्रा सन्तुलन राख्न सक्खर र चिनीमा बनाइएको शीतल सर्वत र पुष्टिवद्र्धक जौँको सातुको प्रयोगमा अक्षय तृतीया पर्वले जोड दिएको राष्ट्रिय जेष्ठ नागरिक भीमदत्त नगरपालिकाका अध्यक्ष चन्द्रप्रशाद चापागाँईले बताउनु भयो ।

भगवान् शिव र पार्वतीको विवाह भएको मानिने यो दिन नयाँ घरबास, नानीहरूको अन्नप्राशन र विवाहलगायत शुभकार्यका लागि साइत हेर्न नपर्ने मान्यता छ ।

सम्बन्धित

Comments are closed.