कञ्चनपुर उद्योग वाणिज्य संघद्वारा विभिन्न क्षेत्रमा आर्थिक सहयोग

महेन्द्रनगर । कञ्चनपुर उद्योग वाणिज्य संघले विभिन्न संघ संस्थाहरुलाई आर्थिक सहयोग गरेको छ । वाणिज्य संघले गत फागुन महेन्द्रनगर खुला मञ्चमा संचालन गरेको महोत्सवको नाफाबाट विभिन्न पाँच समाजिक संघ संस्थाहरुलाई आर्थिक सहयोग गरेको हो ।

बिहीबार वाणिज्य संघले एक कार्यक्रमका विच यस अघि घोषणा गरे अनुरुप नेपाल पत्रकार महासंघदेखि विभिन्न संघ संस्थाहरुलाई आर्थिक सहयोग गरेको जनाएको छ । कञ्चनपुर उद्योग वाणिज्य संघका महासचिव खगेश्वर बोहराले संघले सुदूरपश्चिम औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सवको आम्दानीबाट घोषणा गरेका संघ संस्थाहरुलाई चेक हस्तान्तरण गरेको बताए ।

उनका अनुसार नेपाल पत्रकार महासंघ शाखा कञ्चनपुरलाई ६० हजार, ७१३ रुपैया, भीमदत्त नगरपालिका ८ भम्केनीमा नेपाल आमाको मूर्ति बनाउन २ लाख, ३२ हजार, ५३७ रुपैया, महाकाली अञ्चल बाल अनाथालयमा ५१ हजार, राधाकृष्ण मन्दिर र शिवधामलाई २५÷२५ हजार आर्थिक सहयोग गरेको हो ।

कञ्चनपुर उद्योग वाणिज्य संघका अध्यक्ष पिताम्बर जोशीले नेपाल पत्रकार महासंघ अध्यक्ष सुरेश सिह धामी, भम्केनी धामका अध्यक्ष जनक राज जोशी, बरपिपलका अध्यक्ष ऋर्षिराम खरेल सहितलाई चेक हस्तान्तरण गरेकोे छ ।

वाणिज्य संघका अध्यक्ष पिताम्बर जोशीले मेला महोत्सवबाट सबै समाजिक क्षेत्रको बृद्धि विकासका लागि सहयोग गरेको बताए ।

सम्बन्धित

Comments are closed.