भीमदत्त नगरपालिकाद्वारा महाकाली अस्पताललाई उपचार सहयोगको अनुदान

महेन्द्रनगर । भीमदत्त नगरपालिकाले आर्थिक वर्ष २०८१र८२ का लागि विनियोजित बजेट अन्तर्गत महाकाली प्रादेशिक अस्पताललाई लावारिस, अशक्त, असहाय तथा विपन्न नागरिकहरूको उपचारमा सहयोग पुर्‍याउने उद्देश्यले २ लाख १५ हजार ७८२ अनुदान हस्तान्तरण गरेको छ।

नगरपालिकाका उपप्रमुख निलम लेखक जोशीले एक कार्यक्रमका बीच अस्पतालका प्रतिनिधिलाई चेक हस्तान्तरण गर्दै मानवियतामूलक सेवामा स्थानीय सरकार सदैव साथमा रहेको बताइन्।

उनले भनिन्, “सामाजिक उत्तरदायित्वको भावनाले हातेमालो गर्दै नगरपालिकाले विपन्न नागरिकहरूलाई सहज उपचार सुनिश्चित गर्न यो सहयोग प्रदान गरेको हो।”महाकाली प्रादेशिक अस्पतालले प्राप्त अनुदानबाट सेवामा थप गुणस्तर ल्याउने र आर्थिक अभावले उपचारबाट बञ्चित हुने अवस्थाको अन्त्य गर्न योगदान पुग्ने विश्वास व्यक्त गरेको छ।

उपचार पहुँचको विस्तार र समावेशी स्वास्थ्य सेवा प्रणालीको विकासतर्फ भीमदत्त नगरपालिकाको यो पहल सराहनीय कदमको रूपमा हेरिएको छ।

सम्बन्धित

Comments are closed.