भीमदत्तद्वारा विपद जोखिम व्यवस्थापन पूर्व तयारी सम्बन्धी सचेतिकरण कार्यक्रम सम्पन्न

महेन्द्रनगर । कञ्चनपुरमा रहेको भीमदत्त नगरपालिकाले सञ्चारकर्मी तथा सरोकारवालाहरु सङग विपद जोखिम व्यवस्थापन पूर्व तयारी सम्बन्धी १ दिने सचेतिकरण कार्यक्रम सम्पन्न गरेको छ । जिल्लामा रहेको विभिन्न सञ्चार माध्यममा आवद्ध रहेको सञ्चारकर्मीहरु तथा सरोकारवालाहरु संग सचेतिकरण कार्यक्रम सम्पन्न गरेको हो ।

विपद जोखिम न्यूनीकरणका लागी आबश्यक पूर्वतयारी बारे सञ्चारकर्मी तथा सरोकारवालाहरु को ज्ञान, अवधारणा र के गर्न उपयुक्त हुन्छ सो बारे विस्तृत छलफल गरि सुझाव संकलन पनि गरिएको थियो ।

कार्यक्रमका सभाध्यक्ष भीमदत्त नगरपालिकाका उपप्रमुख निलम लेखकले नगर, समुदायस्तरिय सरोकारवालाहरु तथा सञ्चारकर्मीहरु बीच सम्बन्ध विस्तार गरि विपद पुर्व, विपदको समय र विपद पछि समन्वयात्मक रुपमा सूचना प्रवाह गरि सम्बन्धित निकायहरु बाट समयमै सहयोग उपलव्ध हुने प्रणालीको व्यबस्थापन गर्न यो तालिमले सहयोग हुने बताउनु भयो ।

साथै उहाँले तथ्यमा आधारित रहि सूचनाको प्रवाह, विपद् जोखिम न्यूनीकरण लाई कसरि अन्य विकास निर्माणका योजनाहरुमा मूलप्रवाहिकरण गर्न सकिन्छ, त्यसका लागी पैरवी गर्न सञ्चारकर्मीहरु लाई उत्प्रेरणा गर्ने बताउनु भयो । विपद्को बेलामा सञ्चारमाध्यमको अहम भुमिका हुने, सही र सत्य सुचना प्रवाह गर्नका लागि यो कार्यक्रमले टेवा पुग्ने बताउनु भयो ।

विपदको बेलामा पूर्व सुचनाहरु दिने, वास्तवीक सत्यतथ्य सुचना दिने आउनु पूर्व को समयमा सञ्चार माध्यमले सम्प्रेषण गर्ने सुचनाले समुदाय र सरोकारवालाहरुलाई प्राप्त शिपहरु कायम राख्न र धनजनको क्षती न्यूनीकरण गर्न मद्दत पुग्नेछ । भीमदत्त नगरपालिका विपद् शाखा प्रमुख मनोज भट्टले विपद् जोखिम न्यूनिकरण गर्न र विपद् आएपनि समयमै जोखिम न्यूनिकरणका लागि संचारकर्मीसंगै सरोकारवालासंग छलफल गरेको जानकारी दिनु भयो ।

विपद पुर्व, विपदका बेला र विपद पश्चात संचारकर्मीको महात्वपूर्ण भूमिका हुने भन्दै उहाँले पत्रकारसहित सरोकारवालासंग सचेतिकरण अभिमुखिकरण गोष्ठी गरिएको बताउनु भयो कार्यक्रममा भीमदत्त नगरपालिका प्रशासकीय अधिकृत हरिसिह धामीले विपद व्यवस्थापनका लागि संचारकर्मीको भूमिका महत्वपूर्ण हुने जिकिर गर्नु भयो ।

कार्यक्रममा विपद् ज्ञानकार हिमाल थापाले कार्यपत्र प्रस्तुत गर्दै विपदका बेला संचारको भूमिका महत्वपूर्ण हुने बताए । उक्त कार्यक्रममा नेपालको विपद जोखिम व्यवस्थापनको संस्थागत संरचना तथा ऐन नियम विपद् जोखिम व्यबस्थापन (के हो? प्रकोप ? विपदका प्रभाव तथा असर, विपद् व्यवस्थापन चरणहरु) विपद जोखिम न्यूनिकरण (विपद् पुर्वतयारी, विकास प्रक्रियामा विपद जोखिम व्यवस्थापन मूलप्रवाहिकरणका विषयमा छलफल भएको थियो ।

सम्बन्धित

Comments are closed.