महेन्द्रनगर । गोदावरी नगरपालिका,वडा नम्बर १, बसन्तपुर बस्ने बर्ष ३९ कि महिला बसन्ती देवी साउँदलाई उचारमा आर्थिक अभाव भएको छ । ५ बर्ष पहिला जङ्गलमा घाँस काट्ने क्रममा रुख बाट लडेर कम्मर भन्दा तलको भागहरु नचल्ने भएको थियो ।
उहाँको उपचार भारतका विभिन्न अस्पतालमा भएपनि ६० देखी ७० लाख खर्च पश्चात पनि स्वास्थ्यमा खासै सुधार हुन सकेन । भएको सम्पत्ति पनि सकियो तर स्वास्थ अबस्था भने उस्तै रह्यो उहाँले ह्वीलचेएरको साहारा लिनु पर्यो। उहाँको दुइछोरा छन् ठूलो छोरा १९ बर्षको र सानो छोरा ७ बर्षका छन् ।
आर्थिक स्थिती कम्जोर भएका कारणले ठूलो छोरोले आफ्नो पढाई बिचमै छोडेर काम गर्नु पर्यो भने सानो छोरालाई पनि पढाउन नसकिने अवस्था भएको छ ।
काठमाडौ लैनचौरमा रहेको एन्जल होमियोप्याथिक एण्ड अर्थो ( न्युरो फिजियोथेरापी प्रा । ली हस्पिटलमा थेरापी गराएसी निको हुन्छ भन्ने सुनेर उहाँले केही सहयोगी मनहरुबाट आर्थिक सहयोग पाएर दुई छोराको साहारा लिएर २ ,३ महिना अगाडी काठमाण्डौ जानुभएको छ ।
परिवारका सदस्यहरुले सहयोगी दाताहरुले सहयोगको अपेक्षा गरेका छन् ।
Comments are closed.