महेन्द्रनगर । नेकपा (एकीकृत समाजवादी) कञ्चनपुर कमिटीले ज्ञापनपत्र बुझाएको छ । जिल्लामा रहेका विभिन्न समस्याहरु समाधान गर्न ,यस क्षेत्रको बिकासका सम्भावना हरु तथा जनताका आधारभुत समस्या समाधानका लागि प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री तथा मन्त्री परिषद को कार्यालय सिहदरवार काठमाडौलाई ज्ञापन पत्र पठाईयको हो ।
ज्ञापन पत्र बुझाउन जिल्ला कमिटी अध्यक्ष जीवन थापा ,उपाध्यक्ष बिपस्ना पन्त भट्ट , सचीव देब दत्त जोशी , उप सचीव प्रेम बहादुर सिंह , उपसचिव मदन सेरालो , उसचिव महेश राज जोशी लगायतका नेताहरुले नेतृत्व गरेका थिय ।
कार्यक्रममा पार्टीका प्रदेश कमिटी अध्यक्ष लाल बहादुर खड्का र केन्द्रिय सल्लाहकार परिषद सदस्य प्रताब तिरुवा, प्रदेश कमिटी सदस्य रुप रावल , सेवा निबृत राष्ट्र सेवक कर्मचारी संघ का प्रदेश अध्यक्ष नन्दकिशोर भट्ट उपस्तिथि रहेको थियो ।
पत्र वाचन पार्टीका जिल्ला कमिटी उप सचीव महेश राज जोशीले गर्नुभएको थियो भने, प्रदेश कमिटी , जिल्ला कमिटी पदाधिकारी र सदस्य तथा अन्य नेता कार्यकर्ता को उपस्थिति मा ज्ञापन पत्र बुझाउने कार्य सम्पन्न भएको हो ।
Comments are closed.