महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिको भाँसीमा निशुल्क बृहत योग विज्ञान शिविरको आयोजना गरिएको छ । योग गरौ स्वस्थ्य रहौ, समृद्ध समाजको निर्माण गरौ भन्ने मुल नारको साथमा शनिवार देखी शुरु भएको शिविर बुधवार सम्म संचालनमा आउने भएको छ ।
आदर्श नेपालको आयोजनामा र पतंजलि योग समिति कञ्चनपुरको सह आयोजनामा शनिबारबाट योग शिविर सञ्चालन भईरहेको हो । शुक्लाफाँटा एफ एम नजिक रहेको मेधावी माविको खेल मैदानमा योग शिविर सञ्चालनमा आएको हो ।
बैशाख २० देखि २४ गतेसम्म चल्ने शिविरमा पतंजलि योग समिति नेपालका मुख्य केन्द्रीय प्रभारी तथा योग प्रशिक्षक लवदेब मिश्रले प्रशिक्षण दिईरहनु भएको छ ।
पहिलो दिन शनिवार ९ सय भन्दा बढी योग प्रेमीहरुले लाभ लिएको र बेलौरी, दोधारा, शुक्लाफाँटा नगरपालिकाबाट पनि योग प्रेमीहरु आएको पतंजली योग समिति कञ्चनपुरका अध्यक्ष दयाकृष्ण जोशीले बताउनु भयो ।
पतंजलि योग समिति नेपालका मुख्य केन्द्रीय प्रभारी तथा योग प्रशिक्षक लवदेब मिश्र स्वयम आफैले प्रशिक्षण दिईरहनु भएको छ, यो कञ्चनपुरवासीका लागि ठुलो अवसर रहेको र सबैले यसको फाईदा उठाउनु पर्ने बताउनु भयो ।
पछिल्लो समय युवाहरु कुलतमा फस्ने लागुऔषधको प्रयोग गर्ने जस्ले गर्दा युवाहरुको भविष्य नै अन्धकारमय हुने अवस्थामा योग शिविरले सबैलाई फाईदा हुने पुग्ने र सबैको स्वास्थ्य राम्रो र स्वस्थ रहने भएकाले सबैले आएर सहभागिता जनाई दिन आग्रह गर्नुभयो ।
समाजसेवी लिलाध्वज बस्नेतले यो समाजमा फैलिरहेको नकारात्मकतालाई चिर्ने उउटै मात्रै विकल्प भनेको योग भएकाले सबैले यो निशुल्क वृहत योग विज्ञान शिविरमा सहभागिता जनाउनु पर्ने बताउनु भयो ।
यसैगरी, पतंजली योग समिति महिला अध्यक्ष कमला पाण्डेयले आफुहरुले घरदैलो कार्यक्रम गरेर पनि महिला सहभागिताहरुलाई यो अवसरको भरपुर फाईदा लिनको लागि सक्रिया भए लागेको बताउनु भयो ।
पछिल्लो समयमा महिलाहरुलाई विभिन्न स्वास्थ्य समस्याहरु देखिने भएकाले उहाँहरुको पनि सहभागिता धेरै रहेका बताउनु भयो । विषेश गरेर युवा, महिलाहरुको उल्लेखिय सहभागिता रहेको कार्यक्रममा विधार्थीहरु शसस्त्र प्रहरीहरुलगायतको सहभागिता रहेको थियो ।
Comments are closed.