जिम हाउस तेक्वान्दो डोजाङको लागु औषध सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न

महेन्द्रनगर । भीनपा–१८ वागवानी स्थित जिम हाउस तेक्वान्दो डोजाङले आफ्ना प्रशिक्षार्थीहरूलाई लागू औषध सम्बन्धी सचेतना कार्यक्रम गराएको छ ।

दिन प्रतिदिन युवाहरू कुलतको बाटोमा लागि रहकोले उनिहरुलाई लागू औषध जस्ता कुलत बाट समयमै सचेत गराउन जिम हाउस तेक्वान्दो डोजाङले शुक्रबार लागू औषध सम्बन्धी सचेतना कक्षा सञ्चालन गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक डम्बर दत्त भट्टले लागू औषध सम्बन्धी प्रशिक्षण दिनु भएको थियो, अहिले युवा युवतीहरू कसरी नसाको चङ्गुलमा फस्दै गएका छन् र यस बाट कसरी बच्न सकिन्छ भन्ने कुरा बताउनु भयो । ‘खुल्ला सिमा नाका भएकोले लागू पदार्थ सहजै प्राप्त हुने र साथी भाइको लहलहैमा लागेर आफ्नो भविष्य खराब गर्नुको साथै आमा बुवाको सपना पनि चकनाचुर हुने भएकोले यसबाट बच्न सबैले हातेमालो गरेर नसा मुक्त समाज बनाउनु पर्नेमा प्रहरी निरीक्षक भट्टले जोड दिनु भयो ।

’अहिले समाजमा सबै भन्दा ठुलो समस्याको रुपमा लागू पदार्थको प्रयोग कर्ता देखिएकोले यस बाट बचाउन र देशको लागि योग्य नागरिक बनाउने उद्देश्यले बालबालिकाहरुलाई लागू औषध सम्बन्धी सचेतना मूलक कार्यक्रमको आयोजना गरेको जिम हाउस तेक्वान्दो डोजाङका सञ्चालक हेम बहादुर बस्नेतले बताए ।

उनले भने ‘अहिले बालबालिकामा ठुलो समस्याको रुपमा देखिएको लागू पदार्थको सेवनले समाजमा सबै भन्दा ठुलो चुनौती बनेको छ, हाम्रो वरिपरि लागू पदार्थको सेवनले ज्यान गुमाउने बालबालिकाहरू देखिएका छन् भने दिन प्रतिदिन युवाहरू लागू पदार्थ सहित पक्राउ परेको समाचारमा सुन्न आइरहेको छ,

त्यसैले बालबालिकालाई नसा मुक्त गर्न खेलका साथै यस प्रकारको प्रशिक्षण जरुरी छ।त्यसैगरी कार्यक्रमका प्रमुख अतिथि कञ्चनपुर जिल्ला तेक्वान्दो सङ्घका अध्यक्ष ज्ञानेन्द्र बहादुर सिंहले अहिले युवाहरू लागू पदार्थ सेवन कर्ता भुसको आगो जस्तै बढ्दै गई रहेकोले यसको रोकथामको लागि यस प्रकारको कार्यक्रम हुनु जरुरी छ

र समाजमा रहेका हरेक व्यक्तिले लाग पदार्थको विरोध गरी यसको रोकथामको लागि लाग्न जरुरी छ साथै अभिभावहरूले पनि आफ्ना बालबालिका चाल चलन बुझ्नुको पर्छ, उनीहरूको हरेक सुख दुःखको साथी बनी उनीहरूलाई नसा मुक्त गर्न जरुरी रहेको बताए ।

यसरी लागू औषध सम्बन्धी सचेतना कार्यक्रम गर्ने जिम हाउस तेक्वान्दो डोजाङ पहिलो रहेको छ । यसले युवाहरूलाई कुलतबाट बचाउन बालबालिकाहरूलाई लागू औषध सम्बन्धी जन चेतनामूलक जानकारी दिदैँ आएको छ।

सम्बन्धित

Comments are closed.