महेन्द्रनगर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ तिल्कीमा आइतबार बिहान परेको चट्याङले एक गर्भवती महिलाको ज्यान गएको छ भने उनका श्रीमान् गम्भीर घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) सागर बोहराका अनुसार चट्याङ लागेर २४ वर्षीया लालमती रानाको मृत्यु भएको हो। उनकी श्रीमान् २८ वर्षीय रतनसिंह राना गम्भीर घाइते भएका छन्।हावाहुरीसँगै परेको चट्याङले बगरमा तरकारी टिप्न गएका राना दम्पतीलाई लागेको थियो।
घाइते रतनसिंहको अवस्था गम्भीर रहेको र थप उपचारका लागि उनलाई धनगढीस्थित अस्पतालमा पठाइएको डीएसपी बोहराले जानकारी दिए। मृतक लालमती राना गर्भवती रहेकोसमेत प्रहरीले जनाएको छ।
Comments are closed.