महेन्द्रनगर । कञ्चनपुरको महेन्द्रनगरमा रहेको सार्क एजुकेसन फाउन्डेसनद्वारा सञ्चालित ब्रीज कोर्समा अध्ययनरत विद्यार्थीहरूले सामाजिक उत्तरदायित्वअन्तर्गत सोमबार एक उदाहरणीय कार्य गर्दै स्थानीय वृद्धाश्रममा फलफूल वितरण गरेका छन् ।
कार्यक्रममा झण्डै १०० जना विद्यार्थीहरूको सहभागिता रहेको थियो । फलफूल वितरण कार्यक्रममा ंद्द संयोजक भागवत देव भट्ट स्वयं उपस्थित थिए । उनले यस प्रकारका कार्यहरू विद्यार्थीहरूमा सामाजिक चेतना र सहकार्यको भावना विकास गर्न महत्त्वपूर्ण हुने बताए ।
“Learning to live together” भन्ने मूल नारालाई आत्मसात गर्दै विद्यार्थीहरूलाई व्यवहारिक रूपमा सिकाउने प्रयास गरिएको उनले उल्लेख गरे ।
कार्यक्रमअन्तर्गत करिब ५० जना वृद्धवृद्धाहरूलाई विभिन्न प्रकारका फलफूल वितरण गरिएको थियो । फलफूल पाउँदा वृद्धाश्रमका वृद्धवृद्धाहरूले खुसी व्यक्त गर्दै विद्यार्थीहरूलाई धन्यवाद दिएका थिए ।
सार्क एजुकेसन फाउन्डेसनले यस प्रकारका सामाजिक क्रियाकलापहरूलाई आगामी दिनमा पनि निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।
Comments are closed.