वेदकोटमा लागु औषध दुव्र्यशनी न्युनीकरण सम्बन्धी सचेतना मुलक कार्यक्रम सम्पन्न

महेन्द्रनगर । कञ्चनपुरको वेदकोट नगरपालिकामा लागु औषध दुव्र्यशनी न्युनीकरण सम्बन्धी सचेतना मुलक कार्यक्रम सम्पन्न गरिएको छ । अमर ज्योती तेक्वान्दो डोजाङ्ग वेदकोट नगरपालिका ७ को आयोजना र वेदकोट नगरपालिकाको सहकार्यमा उक्त कार्यक्रम सम्पन्न गरिएको हो ।

कार्यक्रमको सभाध्यक्षमा कञ्चनपुर जिल्ला तेक्वान्दो सङ्घका अध्यक्ष ज्ञानेन्द्र बहादुर सिंह रहनु भएको थियो । कार्यक्रमको प्रमुख अतिथीमा वेदकोट नगरपालिकाका उपप्रमुख तुलसी जोशीको रहेको थियो ।

यसैगरी विशिष्ट अतिथीमा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरिक्षक शागर बोहरा, मुख्य भलिबल प्रशिक्षक तथा प्रशिक्षण योजना तथा अनुगमन उप–निर्देशक जगदीश प्रसाद भट्ट भीमदत्त नगरपालिका १८ का वडा सदस्य हेमबहादुर बस्नेत रहनु भएको थियो ।

वेदकोट नगरपालिका ७ गाउजीमा रहेको अमर ज्योति विद्यानिकेतनमा विद्यार्थी खेलाडीहरुलाई कुलतबाट कसरी जोगिन सकिन्छ ? कसरी आफनो जिवनलाइ कुलत मुक्त बनाउन सकिन्छ ? भन्ने विषयमा व्यापक छलफल गरिएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथी एवम वेदकोट नगरपालिकाका उपप्रमुख तुलसी जोशीले पछिल्लो समय युवाहरु लागुऔषधको कुलतमा फस्दै गईरहेको र खेलकुदको माध्यमबाट अन्य युवाहरुलाई कुलतमा जानबाट रोक्न सकिने बताउनु भयो ।

पालिकाले पनि यो विषयमा जनचेतना मुलक कार्यक्रमहरु विधालयमा अभिभावकहरु संग विभिन्न कार्यक्रमहरु संचालन गरेर युवाहरुलाई सचेतना मुलक कार्यक्रमहरु गरेको जानकारी दिनुभयो ।

आफु जनप्रतिनिधी भएर आउँदा युवाहरुको भविष्यलाई कसरी सुनौलो बनाउन सकिन्छ ? भनेर विभिन्न कार्यक्रमहरुमा बजेट विनियोजन गरेर सचेतना मुलक कार्यक्रमहरु गर्दै आईरहेको र खेलकुदको माध्यमबाट खेलाडीहरु त्यसैमा व्यस्त हुने र कुलतबाट टाढा हुने भएपछि यो विषय अत्यन्तै उत्कृष्ट रहेको बताउनु भयो ।

खेलकुदबाट स्वस्थ शरिर हुने मानसिकता पनि राम्रो हुने कुलतमा जाने समय नै नहुने खेलकुदमा मात्रै ध्यान जाने भएपछि सबै विद्यालयमा यो कार्यक्रम गर्न आवस्यक रहेको बताउनु भयो । यस्तै कार्यक्रमका सभाध्यक्ष सिंहले खेलकुदले युवाहरुलाई कुलतमा फस्न नदिने एकमात्रै उपाय रहेको बताउनु भयो ।

आफनो समयलाई खेलकुदमा लगाउन सक्यो भने एक उत्कृष्ट खेलाडीको जन्म हुने र दुव्र्यशनीबाट जोगिने भएकाले सबैले आफना नानीबाबुहरुलाई खेलकुद लगाउन आग्रह गर्नु भयो । यस्तै, विशिष्ट अतिथी जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरिक्षक शागर बोहराले अहिले जतीपनि अपराधिक क्रियाकलापहरु बढीरहेका छन अधिकाँश लागुऔषध प्रयोगकर्ताबाट भईरहेको बताउनु भयो ।

त्यसैले सबै विद्यार्थीहरुले गलत साथीको संगत नगर्ने कसैले लागुऔषध प्रयोग गरिरहेको थाहा पाएमा प्रहरी अथवा अभिभावकलाई खबर गरीदिन आग्रह गर्नुभयो ।

यस्तै, मुख्य भलिबल प्रशिक्षक तथा प्रशिक्षण योजना तथा अनुगमन उप–निर्देशक जगदीश प्रसाद भट्टले आफनो जिवनमा अहिले सम्म कुनैपनि कुलत जन्य चिजको प्रयोग नगरेको र कसैले पनि प्रयोग नगर्न विद्यार्थीहरुलाई आग्रह गर्नुभयो ।

सम्बन्धित

Comments are closed.