महेन्द्रनगर । कञ्चनपुरमा अनलाईन टिभी पत्रकार संघ गठन गरिएको छ । मंगलवार अनलाईन टिभी पत्रकार संघका केन्द्रिय सदस्य एवम सुदूरपश्चिम प्रदेश अधिवेशन संयोजक विरेन्द्र धामीको उपश्थितीमा भेला बसेको थियो । उक्त भेलाले अहिले जिल्ला संयोजक, सहसंयोजक र प्रदेश प्रतिनिधीको चयन गरेको छ ।
जिल्ला संयोजकमा सुदूरपश्चिम खबरका कार्यकारी प्रबन्धक प्रकाश भट्ट र सह–संयोजकमा कारोबार दैनिककी जिल्ला सम्वादाता ईशु नेगीलाई चयन गरिएको छ । यसैगरी, प्रदेश प्रतिनिधीमा न्युज सेभेन टिभीका जिल्ला सम्वादाता सन्तोष धानुक र फारवेस्ट पोष्टका संचालक कल्पना सावदलाई चयन गरिएको छ ।
अहिलेको भेलाले माथी उल्लेखित सदस्यहरुलाई चयन गरेको र लगत्तै जिल्ला समिति गठन गरी अन्य संचारकर्मी साथीहरुलाई पनि समेटेर अगाढी बढने संयोजक भट्टले बताए ।
अनलाईन टिभी पत्रकार संघका केन्द्रिय सदस्य एवम सुदूरपश्चिम प्रदेश अधिवेशन संयोजक विरेन्द्र धामीले यही बैशाख भित्रै प्रदेशको अधिबेशन हुने भएकाले जिल्लामा समिति पनि छिट्टै गठन हुने बताउनु भयो ।
साथै अनलाईन टिभीमा आवद्धता जनाउनु हुने सबैले सक्रियताको साथमा जिल्लामा काम गर्न आग्रह गर्नु भयो ।
Comments are closed.