महेन्द्रनगर । कञ्चनपुरको वेदकोट नगरपालिकामा खाद्य अधिकार अवधारणा र खाद्य अधिकार तथा खाद्य सम्प्रभुता सम्बन्धी ऐन कार्यान्वयन सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ ।
गैर सरकारी संस्था याक नेपालको आयोजनामा सम्पन्न भएको उक्त कार्यक्रमको सभाध्यक्षमा नगरपालिका स्तरीय खाद्य अधिकार सञ्जालका अध्यक्ष राम चन्द्र पन्त रहनु भएको थियो, भने प्रमुख अतिथीमा वेदकोट नगरपालिकाका कार्य वाहक नगर प्रमुख तुलसी जोशी रहनु भएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी जोशीले संविधानको धारा ३६ ले सम्बोधन गरेको खाद्य अधिकार सम्बन्धी ऐन र नियमावली कार्यान्वयन गर्नका लागि पालिका प्रतिवद्ध रहेको बताउनु भयो । आगमी आर्थीक वर्षको निती तथा कार्यक्रममा यी विषयलाई सम्बोधन गर्ने गरी पालिकाले काम गर्ने बताउनु भयो ।
यसैगरी, पालिको यसको कार्यविधी निर्माण गरी प्रत्येक वडाबाट किसानहरुको तथ्याङक संकलन गरी उनिहरुको हकअधिकारका लागी काम गर्ने प्रमुख प्रशासकिय अधिकृत हरीदत्त भट्टले बताउनु भयो ।
याक नेपाल संस्थाका कार्यक्रम संयोजक देवी खनालले खाद्य अधिकार ऐन नियमावली २०८० को विषयमा जानकारी प्रदान गर्नु भएको थियो भने, संस्थाका कार्यकारी निर्देशक डबलबहादुर बमले कार्यक्रमको उदेश्य र स्वागत मन्तब्य राख्नु भएको याक नेपालका अनुगमन अधिकृत पवित्रा भट्टले जानकारी दिनुभयो ।
उक्त कार्यक्रममा कार्यपालिका सदस्यहरु, विभिन्न खाद्यक्षेत्र संग सम्बन्धित पदाधिकारी र पालिकमा रहेका शाखा अन्तरगतका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।
Comments are closed.