कञ्चनपुरमा ३ दिने सुदुर पश्चिम प्रदेश प्रादेशिक पर्यटन महोत्सव हुने

महेन्द्रनगर । कञ्चनपुरमा ३ दिने सुदुर पश्चिम प्रदेश प्रादेशिक पर्यटन महोत्सव (फरवेस्ट टुरिज्म मार्ट ) को आयोजना हुने भएको छ । बैशाख २६ गतेदेखी संचालन हुने उक्त महोत्सवमा भारत र नेपालकागरी करिब सयौको संख्यामा पर्यटन व्यवसायीहरु, ट्रावल एजेन्सीहरु लगायतको सहभागिता रहने भएको छ ।

नेपाल पर्यटन वोर्डको २६ लाख ६० हजार र भीमदत्त नगरपालिकाको ५ लाख आर्थिक सहयोगमा उक्त कार्यक्रम संचालन हुने भएको छ । सुदूरपश्चिम क्षेत्रको पर्यटन प्रवद्र्धनका लागि यो महोत्सव आयोजना हुन लागेको महेत्सवका संयोजक राजेन्द्र केसीले पत्रकार सम्मेलन मार्फत जानकारी दिनु भयो ।

छिमेकी राष्ट्र भारतको राजधानी शहर दिल्लिदेखि सीमावर्ती प्रदेशका शहरहरूबाट पर्यटन क्षेत्रका अगुवा व्यवसायीहरूसंगै सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाका पर्यटन व्यवसायीहरू, प्रदेश सरकारका प्रतिनिधिहरू, नेपाल पर्यटन बोर्डका विज्ञहरूको महोत्सवमा सहभागिता रहने उहाँले सञ्चारकर्मी हरुलाई बताउनु भयो ।

‘भारतबाट मात्रै ५० जनासम्म पर्यटन व्यवसायी र विज्ञहरूको सहभागिता रहने छ, यसको लागी निमन्त्रणा समेत पठाइ सकिएको छ, उहाँले भन्नु भयो , ‘यता पनि सम्पूर्ण तैयारी अन्तिम चरण रहेको छ’ ।

सुदूरपश्चिमका पर्यटकीय गन्तव्यहरूबारे जानकारी गराउने, हालका बर्षमा पर्यटकहरूको आवागमन बढिरहेको सुदूरका महत्वपूर्ण ठाउमा आन्तरिक र बाह्य पर्यटकहरूलाई भित्र्याउने बारे नेपाल र भारत दुवै देशका पर्यटन व्यवसायीहरू माझ छलफल गर्ने तथा केही प्रमुख स्थानहरूको स्थलगत अवलोकन गराउने महोत्सवको लक्ष्य रहेको संयोजक केसीको भनाई रहेको छ ।

साथै महोत्सवमा सुदूरपश्चिमको कला, संस्कृति, रहन सहन तथा समग्र सुदूरपश्चिमको पर्यटकीय क्षेत्रको अवस्था र सम्भावना बारे पनि छलफल हुनेछ । वैसाख २६ गते बिहान ११ बजे महोत्सवको उदघाटन माननीय पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले गर्नु कार्यतालिका आयोजको छ ।

महोत्सवलाइ व्यवस्थित तवरले सञ्चालन गर्न भीमदत्त नगरपालिकाको पर्यटन विकास समितिका उपाध्यक्ष राजेन्द्र केसीको संयोजकत्वमा पर्यटन व्यवसायीहरू र सम्वद्ध क्षेत्रका प्रतिनिधिहरू रहेको समिति गठन गरिएको छ । महोत्सव तयारी र व्यवस्थापनका लागि बिभिन्न उपसमितिसमेत गठन भएको छ ।

महोत्सवमा सहभागी नेपाल र भारतका पर्यटन व्यवसायी, पर्यटन बोर्ड र सम्वन्धित क्षेत्रका विज्ञहरूबीच “विजनेश टु विजनेश” छलफल हुने कार्यक्रम तय भएको छ । उदघाटन सत्रमा सुदूरपश्चिमको पर्यटन क्षेत्रको अवस्था, सम्भावना र पर्यटकीय गन्तव्यहरू बारे कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

महोत्सवको दोस्रो दिन बैसाख २७ गते सहभागीहरू विभिन्न ग्रुपमा बिभाजित भएर महाकाली नदी र्याफटिंग, कर्णाली नदी र्याफटिंग र टीकापुरको अवलोकन तथा कञ्चनपुरको शुक्लाफाँटा निकुञ्जको अवलोकन भ्रमणमा प्रस्थान गर्ने छन । बैशाख २९ गते महोत्सव समापन हुने आयोजकले जनाएका छन् ।

सम्बन्धित

Comments are closed.