महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिको भाँसीमा संचालनमा आएको निशुल्क बृहत योग विज्ञान शिविर सम्पन्न भएको छ । बैशाख २० गतेदेखी सुरुवात भएको शिविर बुधवार सम्पन्न भएको हो ।
योग गरौ स्वस्थ्य रहौ, समृद्ध समाजको निर्माण गरौ भन्ने मुल नाराको साथमा आदर्श नेपाल, आदर्श नेपाल खानेपानी सरसफाई तथा उपभोक्ता समितिको आयोजना र पतंजलि योग समिति कञ्चनपुरको सह आयोजनामा शनिबारबाट योग शिविर सञ्चालन भएको थियो ।
शुक्लाफाँटा एफ एम नजिक रहेको मेधावी माविको खेल मैदानमा ५ दिन सम्म योग शिविर सञ्चालनमा आएको थियो । उक्त शिविरमा पतंजलि योग समिति नेपालका मुख्य केन्द्रीय प्रभारी तथा योग प्रशिक्षक लवदेब मिश्रले प्रशिक्षण दिनु भएको थिाये ।
पतंजली योग समिति कञ्चनपुरका अध्यक्ष दयाकृष्ण जोशीले विगत ५ दिन सम्ममा सम्पूर्ण स्थानियलगायत, विद्यार्थीहरु, शिक्षक, कर्मचारीहरु, सुरक्षा निकाय, महिलाहरु, व्यापारी वर्गहरु युवाहरुलगायतको उल्लेखनिय सहभागिता रहेको बताउनु भयो ।
५ दिने योग शिविरमा पहिलो पटक आएर योगाभ्यास गरेका सबैलाई धेरै फाईदा भएको र उहाँहरुले अबदेखी निरन्तर योगलाई आफनो जिवनमा लागुगर्ने प्रतिबद्धता जाहेर गरेको बताउनु भयो । यो कञ्चनपुरवासीका लागि ठुलो अवसर रहेको र सबैले यसको भरपुर फाईदा पनि लिएको अध्यक्ष जोशीले जानकारी गराउनु भयो ।
पछिल्लो समय युवाहरु कुलतमा फस्ने लागुऔषधको प्रयोग गर्ने जस्ले गर्दा युवाहरुको भविष्य नै अन्धकारमय हुने अवस्थामा योग शिविरले त्यस्ता युवाहरुलाई पनि फाईदा दिएको उहाँको भनाई रहेको छ । साथै उहाँले विगत ५ दिनदेखी यो शिविरमा आएर साथ र सहयोग प्रदान गर्नुहुने सम्पूर्णमा हार्दिक कृतज्ञता व्यक्त गर्नु भयो ।
जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहराले विगत ५ दिनदेखी संचालनमा रहेको वृहत योग शिविरले धेरैको जिवनशैलीमा सकारात्मक परिवर्तन गरेको बताउनु भयो । नयाँ योग गर्न आउनु भएका कतिपयले आफनो अनुभव सुनाउँदा विहान चाँडो उठने, बेलुका समयमा सुत्ने बानी भएको र खानपिनमा पनि परिवर्तन आएको आफनो स्वस्थ्य प्रती जागरुक भएको पाइएको उहाँले भन्नु भयो ।
योग शिविर संयोजक महाशर्मा न्यौपानेले उत्साहजनक रुपमा ५ दिने वृहत योग शिविरको समपन्न भएको बताउनु भयो । समाजमा फैलिरहेको नकारात्मकतालाई चिर्ने एउटै मात्रै विकल्प भनेको योग भएकाले सबैले यो निशुल्क वृहत योग विज्ञान शिविरलाई सफल बनाई सहयोग गरेको बताउनु भयो ।
उहाँले यो शिविरलाई सफलता पूर्वक सम्पन्न गर्नका लागी साथ र सहयोग गर्नुहुने सबैलाई धन्यवाद व्यक्त गर्नु भयो ।
Comments are closed.