अभिभावकको रोजाईमा महाकाली मोडर्न, विधार्थीहरुको चाप बढेपछि सवारी साधन थप

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका ३ भासीमा रहेको महाकाली मोडर्न पब्लिक स्कुलमा विधार्थीहरुको चाप बढेपछि सवारी साधन थप गरिएको छ ।

पछिल्लो समय कञ्चनपुरमा शिक्षाको क्षेत्रमा आफना बेग्लै फरक पहिचान बनाउन सफल महाकाली मोडर्न पब्लिक स्कुलले “संस्कार सहितको शिपयुक्त शिक्षा” प्रदान गर्न थालेपछि अभिभावकहरुको पहिलो रोजाई बनेसंगै विधार्थीहरुको चाप बढेपछि सवारी साधन थपेको विद्यालयका प्रिन्सिपल द्विजराज भट्टले बताउनु भयो ।

संस्कार सहितको सीप युक्त शिक्षा प्रदान गर्ने एक मात्रै विद्यालय भएपछि अहिले विधार्थीहरुको चाप थामी नसक्नु रहेको बताउनु भयो । नर्शरी देखी कक्षा १२ अहिले विद्यालयमा अध्यापन भइरहेको र विद्यार्थीहरूलाई सुरक्षित, सहज र समयमै विद्यालय आवत–जावत गराउने उदेश्यसहित बस थप गरेको बताउनु भयो ।

विद्यालयले गायन र नृत्यका कक्षा सञ्चालन, शुक्रबार ब्याग फ्रि, शिक्षकहरुका लागि तालिम सञ्चालन, उत्कृष्ठ शिक्षकलाई हरेक महिनाको अन्त्यमा पुरस्कार र विद्यार्थीहरुलाई हरेक महिना गराउँदै आएको फिल्ड भिजिट गाइरहेको छ ।

सम्बन्धित

Comments are closed.