ब्याँसको डोकटमा पहिलो पटक गाडी पुग्यो, स्थानिय हर्षित

महेन्द्रनगर । दार्चुलाको ब्याँस गाउँपालिका वडा नम्बर ४ डोकट टोलमा पहिलो पटक गाडी पुगेको छ। दार्चुला(तिंकर सडकको वडा नम्बर ४ कार्कट्याबाट डोकट सम्म गाउँपालिकाले २ किलोमिटर सडक निर्माण सम्पन्न गरेपछि डोकटमा पहिलो पटक गाडी पुगेको गाउँपालिका उपाध्यक्ष विनोद कुवरले जानकारी दिनुभयो ।

वडा नम्बर ४ को बिच भागबाट दार्चुला(तिंकर सडक निर्माण भएको र कार्कट्याबाट गाउँपालिकाले सडक निर्माण गरि डोकट सम्म पुगाएको उहाँले बताउनुभयो।

गाउँपालिकाले वडा नम्बर ४ को ठुलो बस्तीलाई सडक सञ्जालमा जोडन चक्रपथ सडकको परिकल्पना गरि क्रमागत रुपमा सडक निर्माण गरिरहेको उपाध्यक्ष कुवरले बताउनुभयो । गाउँपालिकाले पहिलो चरणमा ३० लाख बजेटमा उपभोक्ता समिति मार्फत २ किलोमिटर सडक निर्माण गरि डोकटमा पहिलो पटक गाडी पुगेको वडा नम्बर ४ का वडा अध्यक्ष झुन सिंह विष्टले बताउनुभयो ।

डोकटमा पहिलो पटक गाडी पुग्दा वडा अध्यक्ष विष्टसहित स्थानीय नागरिकले चालकलाई फुलमालासहित स्वागत गरेको उहाँले बताउनुभयो ।

साथै डोकट सम्म सडक निर्माणमा सहयोग गर्ने गाउँपालिका अध्यक्ष मंगल सिंह धामी,उपाध्यक्ष विनोद कुवर, वडा अध्यक्ष झुन सिंह विष्ट लगायतका जनप्रतिनिधिहरुलाई स्थानीयले धन्यवाद ज्ञापन गरेका छन् ।

सम्बन्धित

Comments are closed.