महेन्द्रनगर । श्री भागेश्वर मन्दिर धुरा निर्माण तथा संरक्षण समितिमा थप सदस्य संख्या वृद्धि गरिने भएको छ । शनिवार एक कार्यक्रमको आयोजना गर्दै पुरानो समितिमा आवस्यक्ता अनुसार सबै क्षेत्र, समुदायलाई समेटने गरी वृद्धी गर्ने निर्णय भएको श्री भागेश्वर मन्दिर धुरा निर्माण तथा संरक्षण समितिका सदस्य यज्ञराज चटौतले जानकारी दिनु भएको छ ।
अहिले अध्यक्षमा धर्मराज जोशी, उपाध्यक्ष हरीप्रशाद भट्ट, सचिव अर्जुन देव जोशी , सह सचिव भोज राज भट्ट र सदस्यमा यज्ञराज चटौतसहित अन्य १२ जना रहेका छन् ।
कार्यक्रमलाइृ सम्बोधन गर्दै अध्यक्ष जोशीले आफनो रहनसहन संस्कृती मठ मन्दिरहरुको उचित रुपमा संरक्षण प्रवद्र्धन गरिनु पर्ने बताउनु भयो ।
आफनो धार्मिक ईतिहासहरु आफना आउने सन्ततीहरुलाई पनि सिकाउन अति आवस्यक रहेको बताउँदै २०४९ सालमा निर्माण भएको यो समितिमा र यो भागेश्वर मन्दिर धुरामा आश्था राख्ने करिब ६० हजार बढी रहेको बताउनु भयो ।
सहभागहिरुले मन्दिरलाई पुरानै शैलीमा निर्माण गरिनु पर्ने साथै बाटोघाटो, खानेपानीको पनि उचित व्यवस्थापन हुनुपर्ने बताएका थिए ।
उक्त कार्यक्रमको सभाध्यक्ष्तामा भागेश्वर मन्दिर धुरा निर्माण तथा संरक्षण समितिको साधारणसभा समितिका अध्यक्ष धर्मराज जोशी रहनु भएको थियो भने, तथा पूर्व संविधानसभा सदस्य सुनिल कुमार भण्डारीको प्रमुख आतिथ्य एवं पूर्व सांसद रत्ना शेरचन भण्डारी र सुदुर पश्चिमाञ्चल प्रदेशका माननीय मधु भारतीको बिशिस्ट आथित्य रहेको थियो ।
साथै उक्त कार्यक्रममा मरोणोपरान्त सम्मान, आजिवन सदस्यहरुलाई प्रमाणपत्रहरु वितरण गरिएको थियो ।
Comments are closed.