विगत ४ दशकदेखी आँखा अस्पताल महेन्द्रनगरले आँखा उपचार सेवा प्रदान गर्दै

महेन्द्रनगर । कञ्चनपुरमा रहेको आँखा अस्पतालले विगत ४ दशकदेखी आँखा उपचारमा आफनो सेवा प्रदान गरीरहेको छ । अहिले उक्त अस्पतालमा नेपालीले मात्र नभई भारतीय नागरिकले समेत आँखाको विभिन्न समस्याको उपचार गराउँदै आएका छन् ।

नेत्रज्योती संघद्धारा संचालित यस गेटा आँखा अस्पताल, आँखा अस्पताल महेन्द्रनगरमा अहिले दैनिक १ सय बढीले सेवा लिईरहेका छन् । भीमदत्त नगरपालिका १८ मा सालघारी जानेबाटोमा अवस्थित उक्त आँखा अस्पतालमा अहिले मोति विन्दुको र मासु पलाएको सफल शल्यक्रिया हुने,आँखा पाकेको आँखा दुख्नेलगायत समस्याकोसफल उपचार भईरहेको छ ।

अहलिे गर्मीको समयमा आँखा पाक्ने, आँखामा एलर्जी हुने, आँखा दुख्नेलगायतको समस्या लिएर विरामीहरु आउने गरेको आँखा अस्पताल महेन्द्रनगरका आँखा अधिकृत विरसिंह धामीले बताउनु  भयो । यो गर्मी मौसममा आँखाकोसरसफाईमा विषेश ध्यान दिने, बाहिर जाँदा कालो चश्मा लगाउने क्याप टोपी लगाएर मात्रै बाहिर जाने, समय समयमा आफनो आँखाको चेकजाँच गराउनु पर्ने बताउनु भयो ।

अहिले सेवा लिनका लागि दोधारा चाँदनी, वेदकोट, शुक्लाफाँटा नगरपालिकाबाट पनि सेवाग्राहीहरु आउने गरेको बताउनु भयो । अहिले आँखा अस्पताबाट सेवा लिनु हुनु सेवाग्राहीहरु पनि सन्तुष्ट भएर सेवा लिईरहेको उहाँले बताउनु भयो ।

आँखा अस्पतालका सभापती भोजराज पन्तले अहिले यो शाखाले जिल्लामा गुणस्तरिय सेवा प्रदान गरीरहेको बताउनु भयो । यहाँबाट सेवा लिनेले अन्यत्र बाहिर जान नपरेको अधिकाँशको यही उपचार भईरहेको बताउनु भयो ।

प्रदेश सरकारले पनि समयसमयमा आर्थिक सहयोग गर्दै आएको भएर सामग्रीहरु खरिद गरी सेवा दिईरहेको र अझैपनि कतिपय उपकरणहरुको आवस्यक परेको हुँदा सम्बन्धित निकाय, स्थानिय सरकार, प्रदेश सरकार सबैले सहयोग गरेको खण्डमा अझै सेवा सुविधा विस्तार गरिने उहाँले बताउनु भयो ।

सेवाग्राही भीमदत्त नगरपालिका १० जिमुवाका विमल सिँह विष्टले आफनै क्षेत्रमा पुरानो आँखा अस्पतालले गुणस्तरिय सेवा दिईरहेको र कैलाली अन्य क्षेत्रमा जाने बाध्यताको अन्त्य भएको बताउनु भयो ।

आफु विगत लामो समयदेखी यसै कञ्चनपुर शाखामा उपचार गराउँदे आईरहेको बताउँदै नयाँ उपकरण ल्याएर सेवा सुविधा थप्नु पर्ने बताउनु भयो ।

सम्बन्धित

Comments are closed.