महेन्द्रनगर । शालिन, भद्र र इमान्दार राजनीतिज्ञको रुपमा परिचित गृहमन्त्री रमेश लेखकमाथि यतिबेला सुनियोजित रुपमा प्रहार भइरहेको छ । नेपाली राजनीतिमा अन्तरदलीय समन्वयकर्ताको भूमिका निर्वाह गर्दै आउनुभएका लेखकलाई यस कारण भ्रामक प्रचारको शिकार बनाइदैछ ः
· लामो राजनीतिक यात्रामा लेखकले इमान्दार तथा सहज नेताको परिचय बनाएका छन् । भरपर्दो र इमान्दार भएकै कारण उनले शिर्ष नेतृत्व तहमा विश्वास जितेका छन् । उनको बढ्दो राजनीतिक उचाइ मन नपराउने र आफ्नो प्रतिष्पर्धी ठान्ने तत्व सक्रिय छ ।
· लेखक, कांग्रेस–एमाले गठबन्धन निर्माणमा धेरै मेहनतका साथ खटिएका नेता हुन् । उनीसहितकै प्रयत्नबाट अहिलेको गठबन्धन बनेको हो । गठबन्धन फेरिएकै कारण सत्ता बाहिर जानुपर्ने स्थितिमा पूगेकाहरु उनको उछितो काढ्न उद्यत छन् ।
· सेरा दरवार लगायतका अनियमितताजन्य विषयमा लेखक निष्पक्ष र खरो उत्रिएकाले उनीसँग केही राजनीतिक पक्ष असतुष्ट छन् । र, अहिले उनी बिरुद्ध लागेका छन् ।
· लेखककै सक्रिय संसदीय प्रयत्नबाट नयाँ भनिएका दलका सहकारी लगायतका बिभिन्न काण्डको संसदीय निरुपण भएको छ । जसको इगो स्वरुप एउटा तप्का सम्पूर्ण रुपमा उहाँका बिरुद्ध भ्रम फैलाउन सक्रिय छन् ।
· राजावादी दलको गणतन्त्र बिरोधी क्रियाकलापलाई टाउको उठाउन नदिन लेखकले सुझबुझका साथ काम गरिरहेका छन् । राजतन्त्रका नाममा उदण्ड मच्चाउन खोज्नहरु ९पूर्वप्रञ्चहरु÷राजावादीहरु० लाई कानुनको दायरामा ल्याउदा धेरैको निद हराम भएको छ । उनीहरुको तारोमा लेखक परेका छन् ।
· उनकै नेतृत्वमा सरकारी जफत् सम्पत्ती सरकारको नाममा ल्याउने कार्य भइरहेको हुँदा प्रभावितहरु उनी बिरुद्ध सक्रिय छन् ।
· कांग्रेसमा मौलाइएको गुटगतको राजनीतिको शिकार लेखकलाई बनाइदैछ ।
· कांग्रेसमा उनको राजनीतिक उचाई मन नपराउनेहरुको जमात सक्रिय छ ।
· सांसद र नेपाली कांग्रेसको प्रमुख सचेतकका रुपमा बिधिको शासन, भ्रष्टाचार, सामाजिक न्यायका पक्षमा लेखकले सशक्त आवाज उठाए । यसअघि संसदमा उनको भूमिका खरो प्रतिपक्षी सांसदका रुपमा स्थापित भयो । जसको प्रतिशोध साध्ने काम यति बेला भइरहेको छ ।
गृहमन्त्री रमेश लेखक बिरुद्ध, नयाँ दल, राजावादी, प्रतिपक्षी, एकथरी कांग्रेस योजनाबद्ध रुपमा लागेका छन् । भ्रमका पछि नलागौं राज्यको बिधिसम्मवत प्रक्रिया विश्वास गरौं ।
Comments are closed.