महेन्द्रनगर । गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणमा कर्मचारीमाथि भइरहेको अनुसन्धानमा आफूलाई जोड्नु अन्याय भएको बताएका छन् ।
बुधबार नयाँ बानेश्वरस्थित संसद् भवनमा पत्रकार सम्मेलन गर्दै गृहमन्त्री लेखकले आफूविरुद्ध कहीँ कतै उजुरी नपरेको र छानबिन पनि नभएकाले राजीनामा दिनुनपर्ने बताएका हुन् ।
विभिन्न समयमा सञ्चार माध्यमहरूमा समाचार आएर अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट समेत अभियोजन भएको अवस्तामा समेत तत्कालीन नेतृत्वबाट पदत्याग गरेको अवस्था छैन । म यो भन्दा बढी बोल्न चाहन्न ।
कुनै पनि आदरणीय नेताको नाम लिन चाहन्नँ । कसैप्रति मैले आग्रह पूर्वाग्रह राख्नु छैन,ु गृहमन्त्री लेखकले भने । साथै आफूमाथि अन्याय भएको भन्दै लेखकले पत्रकार सम्मेलनमार्फत न्यायसमेत मागेका छन् ।
न्याय त मैले पनि पाउनुपर्ने होला नि १ कि म न्याय नपाउनुपर्ने नागरिक हो यो देशको रु मेराविद्ध कुनै उजुरी छ रु मेराविरुद्ध कहीँनेर छानबिन भइरहेको छ रु तर मैले न्याय त माग्न पाउन पर्ला नि १,ु उनले भने । यसअघि समाचार र छानबिन हुँदा धेरै मन्त्रीहरूले राजीनामा नदिएको उल्लेख गर्दै गृहमन्त्री लेखकले अगाडि भने,
यसरी राजनीतिक आग्रह र पूर्वाग्रह राखेर कर्मचारीमाथि भइराखेको अनुसन्धानलाई राजनीतिक नेतृत्वमाथि जोड्दै जाने हो भने कसरी यो सम्भव होला रु मैले दोषारोपण गरेको होइन । मैले आग्रह पूर्वाग्रह राखेको पनि छैन ।
कतिपय विषयमा माननीय गृहमन्त्रीहरूको संलग्नताका बारेमा समाचारहरू आइरहेको कुरा मैले राखे । अहिले त संवैधानिक आयोग र प्रहरीले अनुसन्धान गरिरहेका विषय छन् के माननीय गृहमन्त्रीहरूले राजीनामा दिनुभयो ।
भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखकले राजीनामा दिनुपर्ने मागसहित प्रमुख प्रतिपक्षी दल माओवादीसहितका विपक्षी दलले प्रतिनिधिसभामा अवरोध गरिरहेका छन् ।
बुधबार बिहान ११ बजेका लागि बोलाइए पनि विपक्षी दलहरूले गृहमन्त्री लेखकले राजीनामा दिनुपर्ने कुरामा अडान कायम राखेका थिए । मंगलबार प्रतिपक्षी दलहरूको विरोधका कारण नियमित कार्यसूचीमा प्रवेश नै नगरी प्रतिनिधिसभा बैठक स्थगित भएको थियो ।
बिहीबार जेठ १५ गते सरकारले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने कार्यसूची रहेको छ । प्रतिपक्षी दलहरूमाओवादी र रास्वपाले भने बजेट प्रस्तुत गर्ने कार्यक्रमलाई अवरोध नगर्ने जनाएका छन् ।
Comments are closed.