सरसफाइ तथा स्वच्छता सम्बन्धि दुईदिने तालिम कञ्चनपुरमा सम्पन्न

महेन्द्रनगर । कञ्चनपुरमा सरसफाइ तथा स्वच्छता तालिम सम्बन्धि दुईदिने तालिम सम्पन्न भएको छ । सोमवारदेखी सुरु भएको तालिम मंगलवार सम्पन्न भएको हो ।

खानेपानी मन्त्रालय, खानेपानी तथा ढल व्यवस्थापन विभाग, सहरी खानेपानी तथा सरसफाइ आयोजना, आयोजना व्यवस्थापन कार्यालयको आयोजना रहेको तालिममा भीमदत्त नगरपालिकामा रहेका विभिन्न आमा समुहमा आवद्ध महिलाहरु, सरहकारीमा आवद्ध महिलाहरु एकल महिलाहरु, व्यवसायी महिलाहरु, दलित महिलाहरुको सहभागिता रहेको थियो ।

सहरी खानेपानी तथा सरसफाइ आयोजना, आयोजना व्यवस्थापन कार्यालयका कर्मचारी शोभा देवकोटा शर्माले समुदायमा रहेका जनताहरुलाई कसरी सरसफाई रहन सकिन्छ, खानेपानीलाई कसरी सफा गरेर पिउने सकिन्छ भन्ने विषयमा रहेर तालिमको आयोजा गरिएको बताउनु भयो ।

विपदको बेलामा संक्रामक रोग जस्तै कोरोनाहरु आएको बेलामा सरसफाई नै मुख्य विधी रहेको र सबैले मास्कको प्रयोग गरी बेलाबेलामा साबुन पानीले हात धुने बानकिो विकासले पनि जोगिन सकेको भएर अब आउने महामारीका लागि पनि हामीले सरसफाईमा विषेश ध्यान दिनुपर्ने बताउनु भयो । साथै

खानेपानी सधै शुद्ध पिउने कसरी पानीलाई शुद्ध बनाउन सकिन्छ भन्ने पनि जानकारी
दिएको र हामीले सफा स्वच्छ पानी पिउन सकेको खण्डमा र सरसफाईमा ध्यान दिने हो भने पनि कतिपय रोग बाट बच्न सकिने बताउनु भयो ।

हामीले प्राय सधै तालिममा सिकाएको जसरी हात धुने हो भनेपनि स्वास्थ्यलाई धेरै फाईदा पुग्ने बताउनु भयो । अहिले पनि समुदायमा धेरै जसो रोगहरु जस्तै, झाडापखाला, डेङगी, औँलो रोगहरु पानीसंग सम्बन्धित रहेको भएर सबैले दैनिक साबुन पानीले हात धुनु पर्ने बताउनु भयो ।

यसैगरी, भीमदत्त नगरपालिकाका सामाजिक विकास अधिकृत गोमती अवश्थीले भीमदत्त नगरपालिकामा रहेका पछाडी पारिएका महिलाहरु, एकल महिलाहरु, आमा समुहका महिलाहरुलाई महामारको बेलामा कसरी सरसफाई रहने, कसरी आफनो स्वास्थ्यलाई स्वस्थ्य राख्न सकिन्छ, कसरी आफनो समुदायलाई सफा स्वच्छ राख्न सकिन्छ भन्ने विषयमा रहेर तालिमको आयोजना गरिएको बताृउनु भयो ।

यर्सैगरी, सहभागी भीमदत्त १० की उमा सावदले दुईदिने तालिम उपलब्धी मुलक रहेको बताउनु भयो । आफनो दैनिक जिवनमा चाहिने अतिआवस्यक ज्ञान सिपमुलक जानकारी यो तालिमले सिकाएको बताउनु भयो ।

आगमी दिनमा पनि यस्तै कार्यक्रमको आयोजना गरिनु पर्ने बताउनु भयो । कार्यक्रममा सहरी खानेपानी तथा सरसफाइ आयोजनामा कोभिड प्रतिकार्य आयोजनाको सान्दर्भिकता, कोभिड लगायत संक्रामक रोगहरु सर्ने माध्यम र बच्ने उपायहरु, कोभिड प्रतिकार्य आयोजनामा लैगिक समानता तथा सामाजिक समावेशीकरण, खानेपानी सुदृढीकरण विधि लगायत वारे जानकारी दिइएको थियो ।

सम्बन्धित

Comments are closed.