गैसस महासंघद्वारा अन्र्तक्रिया तथा समन्वयात्मक बैठक सम्पन्न

महेन्द्रनगर । कञ्चनपुरमा अन्तरक्रिया तथा समन्वयात्मक वैठक सम्पन्न भएको छ । गैर सरकारी संस्था महासंघ कञ्चनपुरको आयोजना र गैसस महासंघ प्रदेश कार्यालय धनगडीको समन्वय तथा सहकार्यमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।

मंगलवार गैसस महासंघ कञ्चनपुरको हलमा गैर सरकारी संस्थाहरुको कार्यमुलक बातावरण निर्माणका लागी कञ्चनपुरमा सक्रिय संस्थाहरुको सहभागितामा भीमदत्त नगरपालिका कार्यालयसंग अन्र्तक्रिया तथा समन्व्यात्मक बैठक सम्पन्न गरिएको छ ।

उक्त बैठकमा भीमदत्त नगरपालिका भित्र रहेका समाजिक संघसंस्थाहरुले संस्थाले काम गर्ने बातावरण निर्माण तथा भीमदत्त नगरपालिकाले संस्थालाई हेर्ने दृष्टिकोण तथा करहरुका बारेमा समेत छलफल गरेका थिए ।

गैसस महासंघ कञ्चनपुरका अध्यक्ष लक्ष्मी बोहराको अध्यक्षतामा भएको कार्यक्रममा भीमदत्त नगरपालिका नगर उपप्रमुख निलम लेखकको प्रमुख अतिथि रहनु भएको थियो । प्रदेश महासंघका सचिव लोकमान सिह धामी बिशिष्ट अतिथिमा रहनु भएको थियो ।

भीमदत्त नगरपालिका समाजिक विकास शाखा प्रमुख मनोज भट्ट गैसस महासंघका पुर्व अध्यक्ष नरेश सिलाल लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा महिला मानव अधिकार रक्षकका अध्यक्ष भगवती थापा,माईती नेपालका महेश्वरी भट्ट,नारी उत्थान केन्द्रका भुवन कुवर,साथी संस्थाका संयोजक उर्मिला शाही,ईन्सेकका लिलि कुवर,निडस नेपालका शारदा जोशीले संस्थालाई काम गर्ने बातावरण निर्माण गर्न र करको दायरा हटाउनका लागी अनुरोध गरेका थिए ,

नगर उपप्रमुख निलम लेखकले करहरु हटाउदै गईरहेको र संस्थालाई काम गर्ने पुर्ण बातावरण निर्माण भईरहेको बताउनु भयो । साथै उहाँले नागरिक संस्थाहरु लाई सुझाव दिनका लागी समेत अनुरोध गर्नु भयो । कार्यक्रममा संस्थालाइ कार्यमुलक बातावरण सृजना गरिदिन हुनका लागी उपप्रमुख लेखकलाई ज्ञापनपत्र समेत बुझाईएको थियो ।

उक्त ज्ञापनपत्र महासंघका उपाध्यक्ष अमिर तिरुवाले पढेर सुनाउनु भएको थियो । कार्यक्रमको संचालन महासघका सचिव अञ्जु भट्टले गर्नु भएको थियो ।

कार्यक्रममा ३० जनाको सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण प्रदेश सचिव लोकमान सिह धामी र फोकल पर्सन गोकुल खडकाले गर्नुभयो ।

 

सम्बन्धित

Comments are closed.