विश्व वातावरण दिवशको अवसरमा अमिटी कलेजद्धारा वृक्षारोपण

महेन्द्रनगर । अमिटी कलेजले विश्व वातावरण दिवशको अवसरमा विभिन्न जनचेतना मुलक कार्यक्रमको आयोजना गरेको छ ।

बिहिवार वृक्षारोपण साईकलिङ, जनचेतना मुलक लेख लेखिएका प्ले कार्डहरु पनि प्रस्तुती गरिएको थियो । अमिटी कलेजका प्रिन्सिपल रविन्द्र प्रशाद अवश्थीले विद्यार्थीहरुले र कलेजका अध्यक्ष गोकुल देव भट्टले संयुक्त रुपमा वृक्षारोपण गरिएको बताउनु भयो ।

विगतका दिनमा पनि कलेजले सामाजिक उत्तरदायित्व अन्तरगत विभिन्न सामाजिक कार्य गर्दै आईरहेको बताउँदै अहिले पनि जनचेतना फैलाउने उदेश्यको साथमा वृक्षारोपण गरिएको बताउनु भयो ।

सर्बले मिलेर हाम्राृे वातावरणलाई जोगाउनका लागि हातेमालो गर्नुपर्ने र सबैले आज मात्रै नभएर अन्य दिनमा पनि वृक्षारोपण गर्ने, सरसफाई गर्ने कार्यलाई सनरन्तरता दिनु पर्ने अध्यक्ष गोकुल देव भट्टले बताउनु भयो ।

सम्बन्धित

Comments are closed.