चट्याङको झिल्काबाट आगलागी , १ लाखको क्षति

महेन्द्रनगर । कैलालीको लम्कीमा आगलागी हुँदा १ लाखको क्षति भएको छ । आइतबार लम्कीचुहा नगरपालिका – ६ बाघमाराका लाल सिंह भुलको काठले बनेको टिनले छाएको दुई तले कच्ची गोठमा हावाहुरी पानी सँगै पर्न गएको चट्याङको झिल्काबाट आगलागी हुँदा उक्त क्षति पुगेको हो ।

आगलागी स्थानीय, प्रहरी र दमकलको सहयोगमा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

उता अछाममा चट्याङ लागेर ३ वटा बाख्रा मरेका छन, भने एक जना महिला घाईते भएकी छन् । गएराती २बजेको समयमा अछाम चौरपाटी ७ मार्कु बस्ने हर्क बहादुर बोगटीको घरमा चट्याङ पर्न जांदा गोठमा बांधेका ३ वटा मरेका छन , उनको श्रीमती चन्द्रकला बोगटी घाईते भएकी हुन् ।

उनको दाहिने खुट्टामा सामान्य चोट लागेको छ । चौखुट्टेबाट प्र.ना.नि.पदम सिंह साउदको कमाण्डमा–३ जनाको टोली उक्त क्षेत्रमा खटिगएको जिल्ला प्रहरी कार्यालय अछामका डिएसपी ईश्वरी प्रशाद भण्डारीले जानकारी दिए ।

सम्बन्धित

Comments are closed.